2026-09-19 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

आँखा पाक्ने रोग के हो ? लागिहाले के गर्ने ? जानी राखौ

काठामाडौँ | मौषम परिवर्तनसँगै वर्षा याममा प्रायजसो देखिने आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) विगत केही दिनदेखि देशैभर फैलिरहेको छ। कतियय विद्यालयहरुका सबैजसो बालबालिका, शिक्षक, अफिसका कर्मचारी, बैंक तथा वित्तिय संस्थामा काम गर्ने प्राय मानिसहरुमा पाइएको छ। विद्यालय, कलेज लगायत धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्दछ।

धेरैजसो बालबालिकाहरुमा महामारीकै अवस्था पनि छ। यसको मतलव यो होइनकी बालबालिकामा मात्र हुन्छ, जुनसकै उमेर समूह, महिला-पुरुष सबै उमेर समूहका मानिसमा हुन्छ।एक जनाबाट अर्कोमा सजिलै सर्ने भएकाले एकैपटक धरैजनामा हुन सक्छ। पुरै घरको सदस्यहरुमा पनि हुन सक्छ। हरेक वर्ष मौषम परिवर्तनको समयमा धेरैजसो वर्षायाममा यो रोग देखिने गर्दछ। वर्षायाममा यसको किटाणु सक्रिय हुने गर्दछ। ब्याक्टेरिया, भाइरल र एलर्जी यो रोग हुने मुख्य कारणहरु हुन्।

प्रमुख लक्षणहरु

१) एक्कासी एउटा आँखा अथवा दुवै आँखा रातो हुने

२) आँखा धेरै चिलाउने तथा आँखा टाँसिने

३) आँखाबाट बारम्बार पानी बगिरहने

४) आँखामा कचेरा लाग्ने तथा टाँसिने

५) आँखाबाट आँसु बगिरहने

६) आँखा सुन्निने

७) आँखाले घाम तथा उज्यालो प्रकाशमा हेर्न नसक्ने तथा धमिलो देख्ने पनि हुनसक्छ।

८) कहिलेकाँही रुघा खोकी लाग्न सक्छ।

९) कान तथा घाँटीको छेउमा सुनिन पनि सक्छ।

यस्तो समस्या भएमा के गर्ने ?

१. पटक पटक सफा चिसो पानीले आँखा सफा गर्नुपर्दछ तर आँखा भित्र पानी पार्नु हुँदैन।

२. आँखा छोइसकेपछि हरेक पटक साबुन पानीले हात सफा गर्ने

३. आफूले प्रयोग गर्ने रुमाल, टावेल, कपडा छुटाछुट्टै राख्ने। अरुलाइ प्रयोग गर्न तथा छुन नदिने

४. सके सम्म सगै नसुत्ने भिड भाड हुने ठाउहरुमा नजाने

५. आफू सुतेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने धुने

६. कालो चस्माको प्रयोग गर्ने

७. टिभीको रिमोट, मोबाइल, ल्यापटप सबै जसोले प्रयोग गर्दछौं, घरमा सबैको लागि साझा पनि हुन र यी कुराहरु हामीले सफा पनि गर्न सक्दैनौं। यी सामानहरु सबैले छुने हुनाले एकबाट अर्को व्यक्तिमा सजिलै सर्ने प्रमुख कारण यो पनि हो।

उपचार तथा सावधानी :

यदि कसैमा यस्तो किसीमकोझ आँखामा समस्याहरु देखा परेमा आत्तिनु हुँदैन, सानो सावधानी अपनाउदा ठूलो समस्याबाट बच्न सकिन्छ। साधरणजसो यसको असर दुई हप्ता जति रहन सक्छ। तर कसै कसैमा लामो समयसम्म पनि रहन सक्छ। आँखाको नानीमा असर गर्न पनि सक्छ, आँखाको नानीमा असर गर्यो भने घाम तथा उज्यालो प्रकाशमा हेर्न धेरै नै गार्हो हुन्छ। आँखाको नानीमा दाग तथा फुलो बस्ने समस्यासम्म पनि गराउन सक्छ। आँखाको दृष्टि कम हुने तथा घाममा हेर्न नसक्ने जस्ता लक्षणहरु पनि हुन सक्दछ।

यस्तो समस्या देखिएमा तथा घरमा कसैलाई भएमा सावधानी अपनाउनु पर्दछ। नजिकको आँखा अस्पताल तथा आँखा उपचार केन्द्रमा गई उपचार गराइ चिकित्सक तथा स्वास्थ्यकर्मीले भने अनुसार गर्नु पर्दछ। जथाभावी औषधिको प्रयोग गर्नु हुँदैन। जथाभावी औषधिको प्रयोगले आँखामा नराम्रो असर गर्न सक्छ। तसर्थ चिकित्सकको सल्लाह बमोजिम मात्र औषधिको प्रयोग गर्नुपर्दछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई