2026-09-19 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

बागमती प्रदेशका १३ सरकारी अस्पतालमा ‘जनरल बेड’ भदौ १ बाट निः शुल्क

साउन २९, हेटौँडा । बागमती प्रदेश सरकार अन्तरगतका १३ वटा सरकारी अस्पतालमा आगामी भदौ १ गतेबाट आईसीयु, एनआईसीयु र क्याबिन बाहेकका अन्य शय्याहरुमा बिरामीले निःशुल्क बस्न पाउने भएका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको गत श्रावण २२ को मन्त्री स्तरीय निर्णयलाई कार्यान्वयन गर्न सबै १३ अस्पताललाई पत्राचार गरिएको छ ।

सरकारी अस्पतालमा सेवा लिन आउने बिरामीलाई आर्थिक भारको अवस्था सृजना नहोस् भन्ने उद्देश्यले निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भदौ १ गतेबाट १३ जिल्लामा रहेको आयुर्वेदिक अस्पतालबाट निःशुल्क फिजियोथेरापी सेवा पनि सञ्चालन गर्ने निर्णय गरेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका आयुर्वेद चिकित्सक डाक्टर रविन भुसालले बताए ।

मन्त्रालयले श्रावण २२ गते नै अर्को पनि निर्णय गर्दै प्रदेशका सबै नीजि तथा सामुदायिक अस्पतालमा सामाजिक सेवा इकाई स्थापना गरी असहाय, अपाङ्ग वर्ग क र ख तथा विपन्न बेवारिसे बिरामीको उपचारको व्यवस्थापन गर्ने कामको पनि थालनी गर्ने जनाएको छ ।

सरकारी अस्पतालमा आम नागरिकको पहुँच स्थापनाको लागि प्रदेश सरकारले कार्यक्रमको सुरुवात गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई