२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

एसिया कपमा भोलि भारत-पाकिस्तान भिडन्त: कसको पल्ला भारी ?

२०८०, १५ भाद्र शुक्रबार ०९:२१

भदौ १५, काठमाडौँ | एसिया कप क्रिकेटमा भोलि चिर प्रतिद्वन्द्वी दुई टीम भारत र पाकिस्तान भिड्दैछन् । उनीहरु दुवै उपाधि दावेदार पनि हुन् ।

राजनीतिक सम्बन्ध दुश्मनीपूर्ण भएका छिमेकी देश भारत र पाकिस्तानको क्रिकेट भिडन्त सधैं प्रतिक्षित हुने गर्छ । उनीहरु एक-अर्को देशमा गएर द्विपक्षीय श्रृंखला खेल्न सक्ने अवस्था छैन । यस्तै बहुराष्ट्रिय इभेन्टहरुमा मात्रै उनीहरुको भेट हुन्छ ।


भारतले पाकिस्तान भ्रमण नगर्ने अडान लिएपछि एसिया कपको आयोजना नै लामो समयसम्म अनिश्चित बनेको थियो । अन्ततः भारतका म्याचहरु श्रीलंकामा राख्ने सहमतिमा प्रतियोगिता अघि बढेको हो । भारत र पाकिस्तानबीचका खेलहरु पनि श्रीलंकामा नै हुनेछन् ।

यस प्रतियोगितामा तीन पटक भारत-पाकिस्तान आमनेसामने हुन सक्ने समीकरण छ । दुवै टीम एउटै समूहमा भएकाले समूह चरणमा उनीहरु पहिलो पटक भिड्नेछन् । दुवै टीम सुपर फोरमा छनोट हुने बलियो सम्भावना छ । सुपर फोरमा पुगेका चार टीमले एकापसमा खेल्नुपर्ने हुन्छ । त्यहाँ भारत र पाकिस्तान फेरि भेट हुनेछन् । र, यदि दुवै टीम फाइनलमा पुगेको खण्डमा उपाधिका लागि भिड्नेछन् ।

भारत र पाकिस्तानबीचको खेलमा कसले बाजी मार्ला ? आँकलन गर्न सहज छैन । आम रुपमा पाकिस्तानभन्दा भारतलाई बलियो मान्ने गरिन्छ । कागजमा हेर्दा एसिया कप खेल्ने भारतीय टीम निकै सन्तुलित पनि देखिन्छ । टीममा अनुभवी र युवा खेलाडीहरुको राम्रो मिश्रण रहेको छ । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा भारत अब्बल छ ।

यता पाकिस्तान अहिले विश्व वरियताको एक नम्बरमा रहेको टीम हो । विश्व नम्बर एक ब्याट्सम्यान बाबर आजम नेतृत्वको टीमलाई कम आँक्ने गल्ती भारतले गर्ने छैन । पाकिस्तानको ब्याटिङ र बलिङ राम्रो छ । तर, फिल्डिङ भने कमजोर छ । भारतले पाकिस्तानको यही कमजोरीको फाइदा उठाउन सक्छ ।

ब्याटिङ

भारतसँग एकसे एक स्टार ब्याट्सम्यानहरु छन् । सबैभन्दा अगाडि आउने नाम हो विराट कोहली । उनी वर्तमान क्रिकेटकै सबैभन्दा ठूला नाम हुन् । आँकडाहरु हेर्ने हो भने कुनै पनि समकालीन ब्याट्सम्यान उनको छेउछाउ पनि आउँदैनन् । एक दिवसीयमा कोहलीले अहिलेसम्म २७५ म्याच खेल्दै १२ हजार ८९८ रन बटुलिसकेका छन्, जसमा ४६ शतक सामेल छन् । उनी भारतका रन मेसिनमात्र नभएर म्याचविनर पनि हुन् । कोहलीलाई क्रिजबाट हटाउन त्यति नै सहज ठानिँदैन ।


भारतीय ओपनर जोडीका रुपमा कप्तान रोहित शर्मा र इसान किसान रहनेछन् । मध्यक्रममा विराटसहित शुभमान गिल, श्रेयस ऐयर, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या जस्ता युवा ब्याट्सम्यान छन् । सूर्यकुमार एक दिवसीयमा राम्रो फर्ममा नभए पनि टी २० का नम्बर १ ब्याट्सम्यान हुन् । हार्दिक पाण्ड्या विस्फोटक ब्याट्सम्यानका रुपमा चिनिन्छन् ।


ब्याटिङमैत्री पिचमा भारतीय ब्याट्सम्यानहरु निकै चम्किन्छन् । तर, बलरलाई सहयोग गर्ने पिच छ भने उनीहरु धर्मराउन सक्छन् र धेरै कुरा विराट कोहलीमा निर्भर हुन्छ ।


पाकिस्तानको ब्याटिङ पनि बाबर आजममा बढी निर्भर छ । बाबर लामो समयदेखि एक दिवसीय विश्व वरियतामा नम्बर एक स्थान ओगटेर बसिरहेका छन् । उनी क्रिकेटका तीनवटै फर्म्याटमा आफूलाई अब्बल सावित गरेका ब्याट्सम्यान हुन् । उनलाई क्रिजबाट हटाउन विश्वकै नामी बलरहरुको पनि पसिना छुट्ने गरेको छ ।


दुई दिनअघि भएको उद्घाटन म्याचमा बाबरले नेपालविरुद्ध १५१ रनको विस्फोटक पारी खेले । यसले भारतविरुद्धको म्याचअघि उनको आत्मविश्वास बढाएको छ ।

पाकिस्तानको ओपनिङ जोडीका रुपमा इमाम उल हक र फकार जमानको जोडी रहनेछ । मध्यक्रममा मोहम्मद रिजवान, सलमान आघा र इफ्तिकार अहमद छन् । उनीहरु तीनैजना आक्रामक क्रिकेटका लागि चिनिन्छन् । यसैगरी तल्लो क्रममा सदाब खान र मोहम्मद नवाजले पनि परेको बेला ब्याटबाट योगदान दिन सक्छन् । सदाव खानसँग उत्कृष्ट फिनिसरको क्षमता छ ।

बलिङ

भारतको बलिङ आक्रमण निकै सन्तुलित र शक्तिशाली छ । जसप्रित बुमराहले टोलीमा कमब्याक गरेका छन् । उनको बल झेल्न कुनै पनि ब्याट्सम्यानलाई सहज हुँदैन । अन्य दुई फास्ट बलर मोहम्मद सिराज र मोहम्मद सामी पनि उत्तिकै खतरनाक छन् ।

स्पिन बलिङमा भारत विश्वमै अग्रणी छ । कुलदीप यादव र रवीन्द्र जडेजाले भारतको स्पिन आक्रमण सम्हाल्नेछन् । उनीहरु दुवै विकेट टेकिङ बलर हुन् । जडेजा ब्याटिङ पनि राम्रो गर्छन् ।

पाकिस्तानको फास्ट बलिङ धारिलो छ । साइन साह अफ्रिदीले फास्ट बलिङको नेतृत्व गर्नेछन् । उनलाई नसिम साह र ह्यारिस राउफको साथ रहनेछ । तीनै जना फास्ट बलहरु १५० किलोमिटर प्रतिघन्टाको गतिमा बलिङ गर्न सक्छन् ।

पाकिस्तानको स्पिन विभाग अलिकति फितलो छ । प्रमुख स्पिनरका रुपमा सदाव खान र मोहम्मद नवाज छन् । स्पिनलाई सहयोग गर्ने पिचमा उनीहरुले राम्रो बल फ्याक्न सक्छन् । तर, ब्याटिङका लागि अनुकूल पिच छ भने चुटिन पनि सक्छन् ।

जे होस, भारत-पाकिस्तान भिडन्तलाई ५०ः५० कै प्रतिस्पर्धाको रुपमा हेरिएको छ । तटस्थ भूमिमा खेल हुने भएकाले दुवै टीमलाई होम कन्डिसनको सुविधा छैन । यद्यपि, दुवै देशका समर्थकहरु ठूलो संख्यामा रंगशालामा उपस्थित हुनेछन् ।

भोलिको म्याचमा पाकिस्तानले नेपालविरुद्ध खेलेको टीम नै भारतविरुद्ध उतार्न सक्छ । भारत पनि कुनै एक्सपेरिमेन्ट गर्ने मुडमा छैन । दुवैले आफ्नो बेस्ट टीम नै खेलाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ