पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १६, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधान तथा रक्षामन्त्री एवं पार्टी उपसभापति पुर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सभापति देउवाले आज (शनिवार) विहान काठमाडौंको छाउनीस्थित सैनिक अस्पताल पुगेर खडकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

उपप्रधानमन्त्री खड्कालाई प्रोस्टेटको समस्या भएपछि गत बुधबार नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा भर्ना भएका थिए ।

उनलाई भेट्न प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि बिहीबार सैनिक अस्पताल पुगेका थिए ।