भदौ १८, काठमाडौँ | एएसिया कपको समूह चरणमा नेपाल र भारतबीचको निर्णायक म्याच केहीबेरमा सुरू हुँदैछ । तर, मौसमको अस्थिरताले खेललाई के-कस्तो प्रभाव पार्ने हो भन्न सकिने स्थिति छैन ।

पूर्वानुमान अनुसार आज बिहानैबाट मौसम बदली भई आकाशमा डम्म बादल लागेको छ । केहीबेर सिमसिम पानीसमेत परेको थियो । तर, अहिले मौसममा केही सुधार आएर पानी पर्न रोकिएको नेपालबाट खेल हेर्न गएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले जानकारी दिए ।

‘पानी रोकिएको छ, तर मौसम खुलेको छैन,’ उनले भने ।

दुवै टीम खेलका लागि मैदानमा पुगिसकेका छन् । खेल नेपाली समयअनुसार ३:१५ मा सुरु हुने छ । केहीबेरमा टस हुने छ । पहिलोपटक दुवै देशका कप्तान रोहितले टस गर्दैछन् ।

एसिया कप : नेपाल–भारत खेलअघि कस्तो छ पल्लाकेली रंगशाला क्षेत्रमा मौसम ?