Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 7, 2023 स्वास्थ्य

साउदी अरेवियाको दमाममा नेपाल एयरलाइन्सको नियमित सिधा उडान शुरु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २१, काठमाडौँ | नेपाल वायुसेवा निगमले बिहीबारदेखि काठमाडौँबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान शुरु गरेको छ ।

उडान तालिका अनुसार काठमाडौंबाट २२ः४० मा उडान भरेको पहिलो उडानमा १२६ जना यात्रु रहेका थिए भने फर्कदा ११७ जना यात्रु रहेका थिए ।

काठमाडौ – दमाम – काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने र बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमले जनाएको छ ।

यात्रुहरुले निगमको कार्यालय वा निगमको वेवसाइटमा लगइन गरी अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहज रुपमा यात्रा गर्न सकिनेछ ।  यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ ।