पढ्न करिब 1 मिनेट लाग्छ

असोज ३, वीरगञ्ज | पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीको ठक्करबाट दुई जना घाईते भएका छन् ।

गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार चढने ना १ झ १६८४ नम्बरको स्कारपियो गाडीले ठक्करबाट पर्साको जगरनाथपुर गाउँपालिका ५ बस्ने बृजेश राउत बिन र निरन्ज मण्डल घाइते भएका हुन्।

गत भदौ ३१ गते बिन्दबासिनी गाउँपालिकास्थित गदौल चोकमा भएको दुर्घटनामा परी दुबैजना घाइते भएका हुन्। घाइते भएका मध्ये मण्डल उपचार पछि घर फर्केको तथा बिनको बाराको परवानीपुर गाउँपालिका ५ मा रहेको एल एस न्युरोमा उपचार भइरहेको पर्साका प्रहरी प्रबक्ता कुमार बिक्रम थापाले जानकारी दिए ।

उनको अवस्था सुधारोन्मुख रहेको तथा गाडीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको थापाले बताए ।