२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

नेपालमा डेंगु संक्रमितको संख्या ३० हजार नाघ्यो

२०८०, ११ आश्विन बिहीबार ०७:४६

असोज ११, काठमाडौँ | नेपालमा डेंगु सङ्क्रमितको संख्या ३० हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३० हजार ८९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सबैभन्दा धेरै सङ्क्रमित सुनसरी जिल्लामा पुष्टि भएका छन् । सुनसरीमा १५ हजार ९९९ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।  

धादिङ जिल्लामा ३ हजार ३६ सङ्क्रमित भएका छन् भने झापामा २ दुई हजार ७६७ जनामा सङ्क्रमण पुष्टि भएको  छ ।   त्यस्तै, मोरङमा २ हजार २६६ तनहुँमा ५७९ कास्कीमा ९०७, सङखुवासभा ४४७, धनकुटामा ४३२ र कैलालीमा ३९४ जनामा संक्रमण पुष्टि भएको छ । 

कुन प्रदेशमा कति सङ्क्रमित  ?

सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २२ हजार ५४० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ४६० जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा १ हजार ४० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा ८९८, मधेस प्रदेशमा ५६७, लुम्बिनी प्रदेशमा ५०६ र कर्णाली प्रदेशमा ८७ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु