Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
September 28, 2023 स्वास्थ्य

आज पनि काठमाडौंमा डाक्टरहरूको प्रदर्शन जारी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज ११, काठमाडौँ |</b> चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै चिकित्सकहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।&nbsp;<br></p><p>मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा पनि राज्यले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरूले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।</p><p>प्रदर्शनका क्रममा उनीहरूले स्वास्थ्यकर्मी कुट्न पाइदैन, शान्ति सुरक्षा कायम गर लगाएका नारा लगाएका थिए । देशका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित)ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था लागू गर्नुपर्ने उनीहरूको माग छ ।&nbsp;</p>