2026-07-10 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

रास्वपा सांसद गौतमले लिइन् ‘पोलिटिसियन अफ द इयर’ अवार्ड

असोज १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड ग्रहण गरेकी छन् ।

विहीबार बेलफास्ट बेलायतमा जारी द वन योङ वर्ल्ड समिटमा सांसद गौतमले रोबर्ट एफ. केन्नेडी ह्युमन राइट्सकी अध्यक्ष केरी केन्नेडीको हातबाट अवार्ड ग्रहण गरेकी हुन् । अवार्ड ग्रहण गर्दै सांसद गौतमले १६ देखि ४० वर्ष उमेर समूहका ४० प्रतिशत युवा रहेको देशको संसदको सबैभन्दा कान्छो निर्वाचित सदस्यको रूपमा अवार्ड प्राप्त गर्दा खुशी लागेको बताइन् ।

उनले चुनावी प्रतिस्पर्धामा रहँदा आफूले पुरानो पुस्ताको आशिर्वाद, युवा पुस्ताको आशा र भावी पुस्ताको सपना सम्झिएको स्मरण गरिन् ।


‘म अहिले डेढ वर्ष पुरानो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व गरिरहेको छु जसले निर्वाचन गर्ने तरिकामा परिवर्तन गरी देशमा राजनीतिक आँधीबेहरी ल्याएको छ’ विहीबार बेलायतमा अवार्ड ग्रहण गर्दै उनले भनिन्, ‘त्यसैले म यो पुरस्कार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ का जनतालाई समर्पित गर्दछु, जसले आफ्नो प्रतिनिधिका रूपमा २७ वर्षीया युवतीलाई विश्वास गरे ।’

उनले नेपालबाट दैनिक लगभग दुई हजार युवाहरू राम्रो रोजगारीका अवसरहरू खोज्दै देश छाडिरहेका उल्लेख गर्दै आफू विश्वबाट प्रतिभा आयात गर्ने देश बनाउन कडा मेहनत गर्न प्रतिबद्ध रहेको बताइन् ।

विपद् व्यवस्थापन र पूर्वतयारी, गरिबी र भ्रष्टाचारको उन्मूलन, लोकतन्त्र र विधिको शासनलाई सुदृढ गर्ने र जलवायु परिवर्तनका असरहरूलाई सम्बोधन गर्ने लगायत हाम्रा साझा विश्वव्यापी सरोकारहरूलाई सम्बोधन गर्ने दिशामा आफू दृढ रहेको उनले सम्बोधनको क्रममा उल्लेख गरिन् ।

चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ सांसद, मेयर लगायत सर्टलिस्टमा समेटिएकोमा ५ जनाले यो अवार्ड पाएका हुन् ।

आयोजक ‘वन योङ वर्ल्ड’का अनुसार प्रतिस्पर्धीहरूमध्येबाट गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड हात पारेका छन् ।

संस्थाले नेपाली इतिहासमा प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्यको रूपमा गौतमलाई सर्ट लिस्टमा छनौट गरेको थियो । उनलाई बिजुली नपुगेको गाउँमा जन्मिएकी र राम्रो स्रोत साधन नभएको सरकारी विद्यालयमा पढेकी सोबिता आफ्नो भाषण सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीति उदाएकी पात्रको रूपमा चिनाइएको छ ।

आफ्नो समुदाय र देशमा युवा मानिसमा सकारात्मक प्रभाव पार्न भूमिका खेलिरहेका विश्वका उच्च राजनीतिज्ञमध्ये पाँच जनालाई यो उपाधि दिइएको हो । संस्थाले द वन योङ वर्ल्ड पोलिटिसिएन अफ द इयर अवार्ड हरेक वर्ष १८-३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञहरूलाई प्रदान गर्छ । द वन योङ वर्ल्ड युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट