2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

गैरीगाउँ हत्याकाण्ड: डीएनए मिल्यो, अभियुक्तको बयानपछि मागियो इन्टरपोलसँग सहयोग

असोज २६, काठमाडौँ | काठमाडौंको गैरीगाउँमा ४ जनाको सामूहिक हत्या अभियोगमा २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध मुद्दा दायर भएको छ । २५ दिन लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले पठाएको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो।

हत्या गरेर भाग्दै गरेको सीसीटीभी फुटेजदेखि संकलित अन्य अन्य प्रमाणहरु पेस गर्दै जन्म कैदको सजाय मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ। जसअनुसार प्रहरीले डीएनए (परीक्षण) समेत गराएर यो घटनामा थप प्रमाण जुटाएको छ। प्रहरीले भण्डारीलाई पक्राउ गर्दा उनको साथबाट हत्यामा संलग्न भनिएको खुकुरी समेत बरामद गरेको थियो। उक्त खुकुरीको बिडमा रगतको टाटा बाँकी नै थियो। उक्त रगतको डीएनए हत्या गरिएकामध्ये १ जना नवीन राईको डीएनएसँग मेल खाएको प्रहरी स्रोतले जानकारी दियो। 

त्यसैगरी अभियुक्तको टिसर्ट र पाइन्टमा पनि रगतको टाटा भेटिएको थियो। उक्त रगतको डीएनए पूर्णबहादुरको डीएनएसँग मेल खाएको प्रवक्ता ढुंगेलले जानकारी दिए। वैज्ञानिक प्रमाणबाट समेत यो घटनालाई पुष्टि गरिएको प्रहरीले जनाएको छ। 

उनी जन्मजात बोल्न नसक्ने भएकाले प्रहरीले दोभासेमार्फत बयान लिएको थियो, बयानका क्रममा सञ्जयले अन्य व्यक्तिको पनि हत्या गरेको बताएका थिए ।  अनुसन्धानका क्रममा प्रहरीले ‘ब्रेन म्यापिङ’ (दिमागी अवस्था परीक्षण) गरेको थियो । उक्त परीक्षणमा भण्डारीको दिमाग सामान्यभन्दा तीक्ष्ण देखिएको थियो ।

अनुसन्धानका क्रममा भण्डारीले आफूले नक्साल, रोतोपुल, सिन्धुपाल्चोकमा अझै केही व्यक्तिको हत्या गरेको बताएका थिए। थप व्यक्तिको समेत हत्या गरेको बताएपछि प्रहरीले भण्डारीलाई लिएर घटनास्थल देखाउन समेत लगाएको थियो। उनले रातोपुल क्षेत्रमा आफूले हत्या गरेर फालेको भनिएको ठाउँमा केही समय पहिला १ महिलाको शव भेटिएको थियो। भण्डारीले कतिपय घटनासँग मिल्दोजुल्दो बयान दिएपछि प्रहरी अधिकारी चकित परेका थिए। 

अन्य ठाउँमा पनि हत्या गरेको बयान दिएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलसँग समेत सहयोग माग गरिएको छ। त्यसपछि नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी अनुपम शमशेर राणा, घटनाका अनुसन्धान गरेका काठमाडौं परिसरका डीएसपी अंगुर जिसी, इन्सपेक्टर कृष्ण गरीले जुममार्फत् इन्टरपोलको हेडक्वार्टरका अधिकारीसँग जुम मिटिङ  समेत गरेका थिए।

उक्त मिटिङका क्रममा अनुसन्धान अधिकारीले भण्डारीले दिएको बयानबारे ब्रिफिङ गरेका थिए। उनी बोल्न नसक्ने समेत रहेको, उनले दिएको बयान सत्य हो/होइन कसरी पुष्टि गर्न सकिन्छ भन्दै अपराध अनुसन्धानको अभ्यास र अनुभवबारे सहयोग माग गरिएको थियो। 

इन्टरपोल सचिवालयले पनि सक्दो सहयोग गर्ने र आफूलाई पनि यस प्रकारण घटना नौलो भएकाले थप अनुसन्धान गर्नुपर्ने भएको बताएको प्रहरी स्रोतले जानकारी दियो। 

भदौ २९ गते राति ११:५५ बजेको समयमा उक्त घटना भएको थियो । घटनामा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई