Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
October 17, 2023 स्वास्थ्य

मदिरा सेवनले मस्तिष्क खुम्चिन सक्छ

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | के तपाई मदिरा सेवन गर्नु हुन्छ ? मदिरा सेवन गर्नेहरूको मस्तिष्क खुम्चने नयाँ अध्ययनले देखाएको छ । नेशनल इन्स्टिच्युट अन अल्कोहल अब्यूज एन्ड अल्कोहलिजमले गरेको नयाँ अध्ययनअनुसार मदिरा सेवन कम गर्दा वा छाड्दा मस्तिष्कको स्वास्थ्यमा बिस्तारै सुधार आउने देखिएको छ ।

मदिरा सेवनले आफ्नो स्वास्थ्य, सामाजिक जीवन र जागिरमै प्रतिकूल असर पारिरहँदा पनि छाड्न नसक्ने अर्थात् एयूडीग्रस्त मानिसहरूले मदिराको खपत कम गर्दा मस्तिष्कको स्वास्थ्यमा केही भए पनि सुधार आएको अध्ययनमा पाइएको छ ।

अध्ययनअनुसार एयूडीग्रस्त मानिसहरूले मदिराको खपत कम गर्दा वा सेवन पूरै बन्द गर्दा थेग्नै नसक्ने गरी खानेको तुलनामा मस्तिष्कमा कोर्टेक्सको आयतन बिस्तारै फुकेको छ ।

मदिरा सेवन घटाएर जोखिम कम हुने तहसम्म ल्याउनेहरूको मस्तिष्कको आयतन पनि लगभग नखानेकै स्तरमा फर्किएको पाइएको छ । पूरै छाड्न नसक्नेहरूले मदिरा सेवन घटाउँदा पनि फलदायी भएको अध्ययनमा पाइएको छ । यो अध्ययनमा २० देखि ७० बर्सबिचका एयूडीग्रस्त ६८ जनालाई समावेश गरिएको थियो ।

यिनीहरुलाई सोही उमेर समूहका मदिरा खाँदै नखाने वा थोरै मात्रै खाने ३४ जनाको कन्ट्रोल ग्रुपसँग दाँजिएको थियो । मस्तिष्कको विभिन्न हिस्सामा कोर्टेक्सको आयतन हेर्न एमआरआइएको प्रयोग गरिएको थियो ।

मदिरा सेवन गर्दा मस्तिष्कका कोषहरु नष्ट हुन्छन् । अलिअलि मदिरा खाँदा पनि हिप्पोक्याम्पस खुम्चिन्छ । हिप्पोक्याम्पस न्यूरोजेनेसिसमाफर्त निरन्तर नयाँ न्यूरोन्स बन्ने मस्तिष्कको युनिक हिस्सा हो । उच्च मात्रामा रक्सी सेवन गर्दा यो प्रक्रिया बिथोलिन्छ ।