२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

एक सातादेखि सुरुङ भत्किएर भित्र फसेका ४० मजदुरको अझै भएन उद्धार

२०८०, ३ मंसिर आईतवार ०३:३८

मंसिर ३, काठमाडौं । भारत उत्तराखण्डको यमुनेत्री राष्ट्रिय राजमार्गमा बनिरहेको सुरुङ भित्र फसेका ४० जना मजदुरहरुको एक हप्ता भइसक्दा पनि उद्धार हुन सकेको छैन ।

उत्तरकाशी जिल्लाको सिल्कयारा गाउँ र डाँडल गाउँ जोड्नका लागि बनाइँदै गरेको सुरुङ एक्कासी भत्किएपछि गत सोमबारदेखि ४० जना मजदुरहरु फसेका छन् । उनीहरुलाई उद्धारका लागि गरिएको हालसम्म  प्रयास असफल भएको छ । यद्यपि प्रयास जारी छ ।

बीबीसी हिन्दीका अनुसार मजदुरहरुलाई उद्धार गर्न हालसम्म होरिजेन्टली (सुरुङको मुख्य मार्ग अगाडिबाट तेर्सो गरी) मेसिनले ड्रिल गर्ने काम गरिएको थियो । तर तेर्सो गरी प्वाल पार्ने तीन पटकको प्रयास असफल भएको छ । अब पहाड माथिबाट ठाडो प्वाल पार्ने प्रयास भइरहेको छ । अर्थात् तेर्सो र ठाडो दुवै तरिकाले सुरुङमा प्वाल पार्ने प्रयास भइरहेको छ ।

‘अहिले मजदुरहरुलाई बाहिर निकाल्ने काम ठप्पजस्तै छ,’ बीबीसी हिन्दीले लेखेको छ, ‘ठाडो प्वाल पार्दा १०३ मिटर जति गहिरो खन्नुपर्छ र यो निकै जोखिमपूर्ण छ । यदि सबै काम ठिकठाक चलेमा त्यो काम गर्न पनि चार–पाँच दिन लाग्ने अनुमान छ ।’

सुरुङभित्र ७० मिटर लामो पहिरो खसेको अनुमान छ । हालसम्म २४ मिटरसम्म मात्र खनेर पहिरो पन्छाइएको छ ।

सुरुङमा फसेका मजदुरहरुलाई उद्धारका लागि पहिरो पन्छाउन दिल्लीबाट ओगर मेसिन ल्याइएको थियो । त्यसले शुक्रबारदेखि काम गर्न बन्द गरेको छ र इन्दौरबाट अर्को एउटा मेसिन ल्याइएको छ । नयाँ मेसिनले रोकिएको काम अघि बढाउने छ ।

उद्धार प्रयासको दोस्रो विकल्पको खोजी गर्ने क्रममा अधिकारीहरुले पहाड माथिबाट पनि सुरुङमा प्वाल पार्ने प्रयास गरेका छन् । त्यसका लागि पहाडका रुखहरु पन्छाएर मेसिन राखिने छ ।

मजदुरहरुको उद्धार प्रयासका लागि प्रधानमन्त्री कार्यालयबाट विशेषज्ञ र सल्लाहकारहरुको टिम पठाइएको थियो । सो टिमले पहाडको माथिबाट प्वाल पार्ने स्थानको अवलोकन गरेको थियो ।

सुरुङमार्ग निर्माण प्रोजेक्टमा कार्यरत एक अपरेटर मृत्युञ्जय कुमारले बीबीसी हिन्दीसँग कुरा गर्दै सुरुङभित्र फसेकाहरुको मनोबल खस्किँदै गएको बताएका छन् । उनले भनेका छन्, ‘हामीले भित्र फसेका मजदुरहरुलाई सम्झाउने कोसिस गर्दछौं । तर अब सात दिन भइसकेको छ र उनीहरुको मनोबल गिर्दै गएको छ । उनीहरु स्वस्थ छन् तर हौसला बिस्तारै बिस्तारै टुटिरहेको छ ।’

सुरुङ भित्र फसेका मजदुरहरुसम्म पाइपको माध्यमबाट अक्सिजन, पानी र सुक्खा खाना पुर्याइए पनि बाहिर निकाल्न भने अझै सकिएको छैन । त्यही पाइपमार्फत् बेलाबेलामा कुराकानी पनि हुने गरेको छ ।

अपरेटर मृत्युञ्जय कुमारका अनुसार मजदुरहरुले हामीलाई निकाल्नका लागि काम भइरहेको छ कि झुठो आश्वासन मात्र दिइएको हो भनेर सोधिरहेका छन् ।

अधिकारीहरुका अनुसार सुरुङमा फसेका मजदुरहरु उत्तराखण्ड, उत्तर प्रदेशको बिहार, पश्चिम बंगाल, झारखण्ड, ओडिसा र हिमाञ्चल प्रदेशका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ