२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

रुसी सेनामा पुर्‍याइएका बहालवाला प्रहरीकाे बयान- अध्यागमनका अधिकृतले पैसा खाए, अस्पतालबाट भागेर आएँ

२०८०, १७ पुष मंगलवार ०८:५१

पुस १७, काठमाडौँ | नेपाल प्रहरीका एक जवानलाई रुसी सेनामा भर्ना गर्ने काममा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का पनि मुछिएका छन् ।

खड्कासहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । यसअघि खड्काविरुद्ध सेटिङमा भिजिट भिसामा पठाउने गरेको आरोपमा मुद्दा दायर भएको थियो । ट्राफिक प्रहरी वृत्त गौशालामा कार्यरत जाहेरवाला प्रहरी जवानले अध्यागमन कार्यालयमा सेटिङ मिलाउनमात्र एक लाख ४० हजार रूपैयाँ बुझाएको जाहेरीमा उल्लेख थियो ।


असोज १ गते रुस पुगेका जाहेरवाला मंसिर १५ गते नेपाल फर्किएका छन् ।

जाहेरवालाले युक्रेनको ड्रोन आक्रमणमा परी आफूसहित ८ जना घाइते भएको र स्थानीय एक अस्पतालमा उपचार गरेपछि रुसी सेनाको आँखा छलेर ४ दिन लगाएर मस्को पुगेको उल्लेख गरेका छन् । रुसस्थित नेपाली दूतावासको सम्पर्कमा पुगेपछि आफू नेपाल आउन सफल भएको उनको भनाइ छ ।

यस्तो छ जाहेरवाला प्रहरी जवानको बयान

म जाहेरवाला नेपाल प्रहरीमा नोकरी गरी ट्राफिक प्रहरी वृत्त गौशालामा प्रहरी जवान पदमा कार्यरत रहेको बेला कसुरवाला शंकर लिम्बूसँग भेट भएकोमा निज आफू काठमाडौं धुम्बाराहीमा विदेश रसियामा भिजिट भिसामा पठाई, कमाई र बसाई समेत सहज हुन्छ, मैले धेरै नेपालीहरू पठाइ सकेको छु, प्रति महिना ३ लाख जति कमाइ हुन्छ भनी भनेकोमा सो कुराबाट आकर्षित भई के काम गर्ने हो रसियामा भन्दा औधोगिक क्षेत्रमा फ्याक्ट्रीहरूमा काम गर्नुपर्छ भनी आश्वस्त बनाएका थिए । के कति खर्च लाग्छ भन्दा भिसा प्रोसेससमेत गरी नेपाली ३ लाख ५० हजार र रसिया पुगेपछि हाम्रो मान्छे एयरपोर्टमा लिन आउँछ र निजलाई ४ सय अमेरिकन डलर दिनुपर्छ भनेकाले म इच्छुक भई सुरूमा २० हजार शंकर लिम्बूलाई नगद दिएँ । त्यसपछि टिकटको लागि एक लाख १० हजार नगद दिएँ ।

अध्यागमन मिलाउन एक लाख ४० हजार र दुबईसम्म जान भिसाको लागि एक लाख १० हजार नगद दिएँ । तीजको दिन मेरो सबै प्रकृया मिल्यो । अब रसिया उड्नुपर्छ भनेकाले म परिवारसँग बिदाई गरी असोज १ गते रसिया उडेँ । त्यसरी रसिया पुगेपछि निजले भनेका व्यक्ति मलाई लिन रसियाको मस्को एयरपोर्ट आउनु भयो । रसियामा काम लगाई दिने भन्दै ४ सय अमेरिकन डलर लिई काम लगाई दिन्छु भनी मस्कोमा आर्मीको अफिसमा लग्नुभयो । मलाई झुक्याई रसियन आर्मीको क्याम्पमा छिराई निज फर्कनु भयो । त्यसपछि सम्पर्कविहीन भयो । बल्ल थाहा पाएँ, म रसियन आर्मीमा भर्ना भएको रहेछु । त्यहाँ अन्य नेपालीहरूलाई सोध्दा तिमीलाई कसले फसायो, अब बाहिर जान पाइँदैन, तलब पनि पाँदैन र युक्रेनसँग लड्न जानुपर्छ भनेपछि म आश्चर्यचकित भएँ । भाग्ने प्रयास गर्दा रसियन सेनाले कम्पाउन्ड गरेर घेरेको र बाहिर निस्कनसमेत नदिई मलाई बन्धक बनाई १५ दिन तालिम गर्न लगाई सीधै युक्रेनको बखमत भन्ने ठाउँमा लगी मेरो इच्छाविपरीत युद्ध लड्न लगायो । युद्ध लड्नेक्रममा युक्रेनतर्फ अघि नबढ्दा रसियन आर्मी कमान्डरले गोली हान्छु भनी धम्की दिने गरेकाले बाध्यात्मक परिस्थिति सृजना गरी युक्रेनविरुद्ध लड्न बाध्य पारियो ।

युद्धस्थलको अवस्था हेर्दा महिनौँदेखि मारिएका व्यक्तिका लास यत्रतत्र छरिएको अवस्था देखिन्थ्यो । मारिएका, मरेका व्यक्तिहरूको अभिलेखसमेत नरहेको, चिसो ठाउँ, खाना तथा पानीको समेत कुनै व्यवस्था नभएको, खाली पेट युद्ध लड्नुपर्ने, रसियामा रहँदा कुनै पारिश्रमिकसमेत नदिएको अवस्थाले म मानसिकरूपले विक्षिप्त भएको थिएँ । युद्धकै क्रममा युक्रेनी सेनाले ड्रोनबाट हानेको बम लागि मलगायत ८ जना साथीहरू घाइतेसमेत भयौँ । त्यसपछि म उपचारको लागि भनी रसियाले युक्रेनको अतिक्रमण गरेको क्षेत्र लोहान्स अस्पतालमा भर्ना गरायो । उपचारपश्चात पुन: युद्ध लड्न लैजाने रसियन फौजहरूको योजना रहेकाले निजहरुको पन्जाबाट भाग्ने योजनाअनुसार रसियनहरुको आँखा छली सादा पोशाक लगाई सो अस्पतालबाट भागी ४ दिनपछि मस्को पुगेर नेपाली दूतावासको सम्पर्कमा आयौँ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय