४ माघ २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

जुन गाउँमा पुरुष भेट्नै गाह्रो छ !

२० पुष २०८०, शुक्रबार ०८:५९

पुस २०, दैलेख | गाउँघरमै रोजगारीका अवसर नहुँदा अधिकांश पुरुष परिवार पाल्न मुग्लान जानुपर्ने बाध्यता आइलागेपछि दैलेखका गाउँघर पुरुषविहीन बनेका छन् ।

चुनावताका नेताले गाउँमै बेरोजगारीलाई रोजगार दिने आश्वासन दिएर ‘भोट फकाउने’ माध्यम मात्र बनेको छ । तीनै तहका सरकारले बेरोजगारीलाई दिने रोजगारको आश्वासन विपन्न परिवारका लागि नभएर पहुँचवालाकै हालीमुहाली छ ।

गाउँमा भनेजसो रोजगारी नपाउँदा बेरोजगार पुरुष पराइ देश जान बाध्य छन् । नागरिकको सबैभन्दा नजिकको स्थानीय सरकारसँगै बेरोजगारलाई गाउँमै रोक्ने योजना छैन । सोही कारण दैलेख जिल्लाका अधिकांश गाउँपालिका पुरुषविहीन बनेका छन् ।


गाउँमा रोजगारी अवसर नहुँदा ती गाउँका पुरुष गाउँमै बालबच्चा छोडेर मुग्लान लागेका छन् । जीवनयापनका लागि मुग्लान हानिएका बेरोजगार कोही ६ महिना मुग्लानमै बिताइ जहान परिवारलाई जिउ ढाक्ने एकसरो कपडा र केही रकम लिएर गाउँ फर्किन्छन् ।

ज्येष्ठ नागरिक, बालबालिका र महिला मात्र गाउँमा भेटिने गरेका छन् । सुदूर र कर्णाली प्रदेशका पालिकामा नागरिकको नियति यस्तै बनेको छ ।

गाउँमा कलकारखाना उद्योगधन्दा नहुँदा बाध्य भएर मुग्लान जानुपरेको भैरवी गाउँपालिका–७ का डब्बलबहादुर मल्ल बताउँछन् । ‘गाउँमा कतै उद्योगधन्दा छैनन्, जहान परिवार पाल्न भारत जानैप-यो । ‘गाउँ सरकारले सडक निर्माणमा डोजर प्रयोग गर्छन्,’ उनी भन्छन्, ‘हाम्रो रोजगारी डोजरले खोसिदिएकाले मुग्लान जान सरकारले नै बाध्य बनाएको हो ।’

खेतीपातीले छाक टार्न नपुग्ने हुँदा पुरुष बिदेसिनुपरेको सोही वडाकी भैरवी गाउँपालिका–७ भाटीचौरकी मन्धरा मिजारको भनाइ छ । सधैं घरायसी काममा व्यस्त रहने महिला घरमा पुरुष नहुँदा सामाजिक कामको बोझ पनि उनीहरूमाथि नै थपिएको उनले बताइन् ।

‘गाउँमा कोही बिरामी हुँदा शुभअशुभ काममा समेत महिला नै जानुपर्छ, पुरुष मुग्लान छन्, हामी महिला नगई क्या गन्र्या,’ उनले थपिन्, ‘स्थानीय सरकारले गाउँमा उद्योग आर्यआर्जनका काम गरिदिए पुरुष पनि गाउँमै बसन्या थियाँ ।’

सिंहदरबार गाउँमा आए पनि स्थानीयले त्यसको अनुभव लिन पाएका छैनन् । गाउँका सडक खन्न डोजर प्रयोग हुन थालेपछि गरिब नागरिकले भारतकै भरमा जीवन गुजार्नुपर्ने बाध्यता छ ।

कामकै लागि पुरुष गाउँ छोडेर बाहिर जानुपरेको ठाटीकाँध गाउँपालिका–२ का वडाध्यक्ष प्रेम रामजाली बताउँछन् । ‘गाउँमा पुरुष छैनन्, पुरुष नहुँदा भनेजसो विकास हुन सकेको छैन,’ उनले भने, ‘हाम्रो पालिकाले आउने बजेटमा बेरोजगारीलाई कम गर्न रोजगारीका काम ल्याउनेछ ।’

भारतमा मजदुरी गर्न गएका नागरिकको कर्णाली प्रदेश र सुदूरपश्चिमका कुनै पनि पालिकामा तथ्यांक छैन । कोभिड–१९ का बेला दैलेखमा दैवीप्रकोप समितिले ४२ हजार जिल्ला आउने अनुमान गरे पनि २५ हजार नागरिक खाडीमुलुक र भारतबाट फर्किएका थिए । गाउँमै बेरोजगारलाई स्थानीय सरकारले विभिन्न सीपमुलुक र आयआर्जनका काममा लगाई रोजगारीका अवसर दिए खाडीमुलुक वा मुग्लान जाने पुरुषमा कमी आउने जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. निकोलस भुसाललाई बयानका लागी आज अदालत पेस गरिँदै आज दुई संसदीय समितिको बैठक बस्दै विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै पर्यटन व्यवसायी प्रेम घलेको निधन शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति? यस्तो रहने छ आजको मौसम अस्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटनामा ४ जनाको मृत्यु पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै