२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

भूमाफिया र वडा अध्यक्ष थारूको मिलोमतो, दर्ता भइसकेको जग्गा पुनः दर्ता गर्दै

२०८०, २९ माघ सोमबार ०६:५९

माघ २९, रौतटह | गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोकुमार खाँ थारू र भूमाफियाको मिलोमतोमा व्यक्तिको नाममा दर्ता भइसकेको जग्गा पुनः अर्कैको नाममा दर्ता गर्न सुरु गरेका छन् । सो वडाको नक्सालाई डिजिटल प्रणालीमा लैजाने क्रममा व्यक्तिको नाममा दर्ता भइसकेको जग्गा पुनः अर्कैको नाममा दर्ता गर्ने कार्यमा वडा अध्यक्ष थारू, फिल्डमा खटिएका सरकारी कर्मचारी र भूमाफियाको सहभागिता देखिएको हो । 

फिल्डबुकमा दर्ता भइसकेको र पटक पटक सर्वाेच्च अदालतले गरेको निर्णयविपरीत वडा अध्यक्ष थारूले भोटका लागि अर्कैको नाममा दर्ता भएको जग्गा पुनः दोस्रो व्यक्तिको नाममा देखिने गरी डिजिटल प्रणालीमा राख्न थालेको पीडित गणेशबहादुर योन्जनले जानकारी दिए ।

विवादित जग्गालाई आर्थिक चलखेल तथा आगामी निर्वाचनमा भोट सुरक्षित गर्ने उद्देश्यसहित सर्वाेच्च अदालतको निर्णय र प्रचलित कानुनविपरीत दर्ताका लागि वडा अध्यक्ष थारूले सिफारिस दिन थालेको योन्जनले बताए । गत वर्षको स्थानीय तहको निर्वाचनका बेला आफूलाई भोट दिए जग्गा दर्ता गरिदिने बताएका वडा अध्यक्ष थारूले अहिले सोही वाचा पूरा गर्न थालेका हुन् । तर, यसमा आर्थिक चलखेल पनि रहेको स्थानीय बताउँछन् ।

२०६२ असार २४ गते रिट नम्बर ४१६५ को मुद्दामा सर्वाेच्च अदालतका न्यायाधीश अनुपराज शर्मा र बद्रीकुमार बस्नेतको संयुक्त इजलास र २०८० भदौ २१ गते रिट नम्बर ०१–०७१–०३२२५ को मुद्दामा सर्वाेच्च अदालतकै न्यायाधीश आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माले दिएको आदेश र निर्णयविपरीत वडा अध्यक्ष थारूले सिफारिस दिएर अख्तियार दुरुपयोग मात्र गरेका छैनन्, आर्थिक लेनदेन गरेको आशंका समेत गरिएको छ । 

राजनीतिक र आर्थिक स्वार्थ पूरा गर्न जनप्रतिनिधि नै सक्रिय भएपछि पीडितले थप पीडाको महसुस गरेका छन् । ‘जनप्रतिनिधिले सर्वाेच्च अदालतको आदेश र फैसला तथा कानुनअनुसार काम गर्नुपर्नेमा भूमाफियासँग मिलेर सिफारिस दिन थालेका छन्,’ पीडित योन्जनले भने, ‘अब उनीहरूविरुद्ध हामी अख्तियारमा र न्यायालयमा जाने तयारीमा छौँ ।’ 

उक्त जग्गाका विषयमा जानकार रहेका वडा अध्यक्ष थारूले कानुनविपरीत सिफारिस दिनु नै सर्वाेच्च अदालतलाई समेत नटरेको देखिन्छ ।

वडा अध्यक्ष थारूको रोहबरमा गुजरा नगरपालिका–२ को जग्गा डिजिटल प्रणालीमा अद्यावधिक गर्ने कार्य भइरहेको फिल्डमा खटिएका नापीका एक कर्मचारीले नाम उल्लेख नगर्न सर्तमा जानकारी दिए । जग्गाको अवस्थाबारे जानकारी भए पनि वडा अध्यक्ष थारूसहितको दबाबमा काम गर्नुपरेको उनको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ