Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
February 18, 2024 स्वास्थ्य

कटन क्यान्डीमा भेटियो क्यान्सर गराउने केमिकल ‘रोडामाइन–बी’

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन ६, काठमाडौं | साना बालबालिकाहरु माझ लोकप्रिय कटन क्यान्डीमा क्यान्सर उत्पन्न गराउने केमिकल भेटिएको छ । चीनीबाट तयार पारिने यो मिठाईमा भारतका खाद्य सुरक्षा अधिकारीहरूले जाँचको क्रममा रोडोमाइन–बी केमिकल फेला पारेका छन् । यो केमिकल खासगरी कपडा उद्योगमा प्रयोग गरिन्छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार रोडोमाइन–बी एक प्रकारको डाई हो । यसको प्रयोग छाला चम्काउनदेखि कागज छाप्न समेत प्रयोग हुन्छ । यो स्वास्थ्यका लागि अति नै हानिकारक हुन्छ । शरीरमा गयो भने यसले पेट फुल्ने, जिउ चिलाउने, सास फेर्नमा समस्या आदि गराउँछ । लामो समयसम्म यसको सेवन गर्दा किड्नी, लिभर र आन्द्रामा जमेर किड्नी र लिभर फेल हुने र आन्द्राको क्यान्सर गराउने स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

शरीरभित्र गएपछि यो क्यान्सर उत्पन्न गर्ने कारक बन्न सक्छ । यो रिपोर्ट सार्वजनिक भएपछि भारतको पुडुचेरी र तमिल नाडु सरकारले यसमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको उद्देश्य क्यान्डी बनाउने, क्रेता र उपभोगकर्ताबिच यसमा रहेको हानिकारक केमिकलबारे जागरूकता बढाउनु भएको तमिलनाडुका स्वास्थ्य मन्त्री एम सुब्रमण्यमले भने । खान मिठो लाग्ने भए पनि यो स्वास्थ्यको लागि अति नै खतरनाक भएको पनि उनले बताए । सबैतिर सतर्कता र सचेतना फैलिए पनि बिना रङ्गको कटन क्यान्डी बेचिने उनले बताए ।

यसअघि काठमाडौँ महानगरपालिकाले पनि अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग, उत्पादन तथा बिक्रीमा रोक लगाएको थियो । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र यस्ता अखाद्य वस्तु उत्पादन, बिक्री वितरण गरेको पाइएमा पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म जरिबाना हुने समेत जानकारी गराइन्छ,” महानगरले जारी गरेको सूचनामा उल्लेख गरिएको थियो  ।