2026-09-19 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

जमिनमा गाडिएको अवस्थामा टाउको नभएको पुरुषको शव फेला

फागुन ७, लुम्बिनी | कपिलवस्तु नगरपालिका–४ स्थित पिपरी गाउँदेखि दक्षिणतिर गहुँखेतको बीचमा रहेको कुलोमा जमिनमा गाडिएको अवस्थामा पुरुषको टाउको नभएको शव फेला परेको छ । 

आइतबार साँझ ६ बजेतिर कोदहवा चोकदेखि करिब ५ सय मिटर दक्षिण कुलोमा घुँडाको थोरै भाग देखिएको शव स्थानीयले देखेका थिए । त्यसपछि वडा अध्यक्ष रवीन्द्र तिवारीलाई खबर गरेपछि उनले प्रहरीलाई जानकारी दिएका थिए । प्रहरी तत्कालै घटनास्थल आएर खनेर हेर्दा घुँडाको भाग देखिएको थियो ।

करिब २५/२६ वर्ष उमेरको भएको अनुमान गरिएको पुरुषको हत्या गरिएको ठाउँ र गाडिएको ठाउँ करिब ढाई सय मिटर फरकमा छ । करिब आधी मिटर गहिरो खाल्टो खनेर शव पुरिएको थियो । शरीर र यौनांगका कतिपय भाग जलेको अवस्थामा रहेको छ । पुरुषले सट र ज्याकेट लगाएको छ । तलको भागमा कपडा छैन । टाउको भने अझै फेला परेको छैन । प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर शवको मुचुल्का गरेको छ । घटना प्रकृति र शव हेर्दा ३ दिन भएको हुन सक्ने अनुमान गरिएको छ । 

मृतकको अझैसम्म पहिचान भने नखुलेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवरत्न पौडेलले बताए । घटनास्थलमा बुटवलबाट तालिम प्राप्त ककुरसहित टोली परिचालन गरेर अनुसन्धान थालेको छ । शव पोर्स्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई