पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन १८, काठमाडौँ | </b>उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले २०८३ सालभित्र काठमाडौं–निजगढ फास्ट ट्रयाकको काम सकिने दाबी गरेका छन् । <br></p><p>शुक्रबार राष्ट्रिय सभा बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा उनले २०८३ साल चैत मसान्तभित्र काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणको काम सकिने बताएका हुन् ।</p><p>‘भौतिक प्रगगति ३०.९६ प्रतिशत हासिल भइसकेकोले २०८३ साल चैत मसान्तभित्रै निर्माण सम्पन्न हुने कुरामा म आश्वास्त पार्न चाहन्छु’ उनले भने ।</p>

