२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

संसदमा बोल्न नपाएपछि तोसिमाले फेसबुकमा लेखिन्- सांसदले बोल्नुपर्ने सहकारी र सुनमात्र हो ?

२०८०, ७ चैत्र बुधबार ०८:४४

चैत ७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले संसद्‌मा बोल्न नपाएको गुनासो गरेकी छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले आकस्मिक समय माग गरेकी थिइन् । तर सभामुख देवराज घिमिरेले आफूले समय नदिएको र सभामुखबाट समय नपाइ बोल्न नपाइने भनी उनलाई बस्न आग्रह गरेका थिए ।

प्रतिनिधि सभा नियमावलीमा ढ्यापढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था रहेको र त्यसअनुसार आफूले समय माग गर्दा नपाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘नियमावली अनुसार संसद्‌मा ढ्यापढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था छ । प्रत्यक्ष भेटेरै पनि समय माग गर्न सकिन्छ । मैले दुवै प्रक्रियामार्फत आकस्मिक समय माग गरेँ । तर दिइएन ।’

संसद्‌मा पछिल्लो समय भइराखेको बहसप्रति समेत उनले प्रश्न उठाएकी छन् । ‘संसद्‌मा बोल्नुपर्ने कुरा के हो ? सहकारी र सुनमात्र हो ? एकअर्कामाथि छेडखानी मात्र ?’ उनको प्रश्न छ ।

काठमाडौंका वीर अस्पताल, पाटन, कान्ति, टिचिङलगायत अस्पतालमा आमनागरिकले आईसीयू पाएका छैनन् । जसको कारण बिरामीहरूले ज्यान गुमाउनु परेको उल्लेख गर्दै उनले यही विषय संसद्‌मा बोल्न खोजेको बताएकी छन् । उनी लेख्छिन्, ‘…अस्पतालमा आईसीयू पाइएन भन्दै आम नागरिकको रोदन छ । बिरामीहरूले ज्यान गुमाउनुपरेको छ । परिवारमा पर्ने दुःख भनिनसक्नु छ तर केही अस्पतालका आईसीयू खाली छन् । यसबारेमा संसद्‌मा बोल्न समय पाइँदैन ।’

आईसीयू नपाएका बिरामीहरूको बिजोग रहेको र स्थिति दिनानुदिन गम्भीर हुँदै गएको उल्लेख गर्दै उनले समाधानका बारेमा संसद्ले निर्देशन दिन आवश्यक रहेको बताएकी छन् ।

‘केही दिनअघि र आज निरन्तर आकस्मिक समय माग गरिरहँदा पनि पाइएन’ उनले लेखेकी छन्, ‘दिनदिनै डरलाग्दो भइरहेको यो स्थितिको गाम्भीर्यता र आकस्मिकताको मनन् नभएकोमा दुःख लाग्यो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु