Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

संघिय सरकारले दिने बजेटमा विभेद गरियो- मेयर सिंह

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ६ बीरगन्ज । बीरगन्ज महानगरपालिका का प्रमुख राजेशमान सिंहले संघिय सरकारले दिने बजेटमा विभेद गरिएको आरोप लगाएका छन् ।

सार्वजनिक लेखा समितिको संसदीय टोली समक्ष प्रमुख सिंहले बीरगन्ज महानगरपालिका ले भरतपुर महानगरपालिका भन्दा पनि धेरै कम बजेट आईरहेकोले अगामी बजेटमा न्यायोचित बजेट विनियोजन गरिदिन आग्रह गर्नु भएको छ ।

उनले भरतपुर महानगरमा ३९० करोड र बीरगन्ज महानगरपालिकाले मात्र ११५ करोड बजेट पाउनु दुखद रहेकोले सार्वजनिक लेखा समितिको ध्यानाकर्षण गराएका छन् । संघिय सासंद रामकृष्ण यादवले बीरगन्ज माथि भैरहेको विभेद प्रति सार्वजनिक लेखा समितिले संसद् छलफल गर्ने तथा सरकार लाई लिखित निर्देशन दिने बताए ।

प्रतिनिधि सभा सार्वजनिक लेखा समिति संघिय सासंद रामकृष्ण यादवको संयोजकत्वमा स्थलगत अनुगमन गर्न बीरगन्ज आएको संसदीय टोली ले स्थानिय तह सित अन्तरक्रिया गरेको थियो ।

अन्तरक्रियामा प्रतिनिधि सभा सदस्यहरु रामकृष्ण यादव, अमरेश कुमार सिंह, प्रदीप यादव, देव प्रकाश तिमिल्सिना,  प्रभु हजरा,  बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह,  प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल,  प्रहरी उपरिक्षक कुमोध ढुङ्गेल लगायतको सहभागिता रहेको थियो ।