३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

विश्वासको मत नदिएर प्रचण्डको हिसाब बिगार्ने यी हुन् दुई सांसद्

७ जेष्ठ २०८१, सोमबार ०८:३७

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले १५७ सांसदको समर्थन पाएर प्रधानमन्त्रीमा विश्वास पाएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले यसपटक १५९ सांसदको समर्थन पाउने हिसाब गरेका थिए।

नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले तेस्रो पटकको भन्दै यसपटक विश्वासको मत दिने सांसद संख्या बढ्ने बताएका थिए।


माओवादीको विश्लेषण अनुसार, जनमत पार्टीको ६ र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट (जसपा) विभाजन भएर बनेको जनता समाजवादी पार्टीको ७ सांसद थपिने निश्चित थियो।

त्यसअनुसार एमाले ७५, (गम्भीर बिरामी वसन्त नेम्वाङ, निलम्बित सांसद टोपबहादुर रायमाझी र सभामुख देवराम घिमिरे मतदान प्रक्रियामा सहभागी हुन पाएनन्), माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २१, नेकपा एकीकृत समाजवादी १०, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ र योगेन्द्र मण्डल, प्रभु साह र अमरेशकुमार सिंह गरी ३ जना स्वतन्त्र सांसदको मत प्रचण्डले पाउनुपर्ने हो।

त्यसो हुँदा १५९ सांसदको समर्थन प्रचण्डको पक्षमा जान्थ्यो। त्यही हिसाब बालुवाटारले पनि गरेको हो। त्यही भएर ६८ दिनपहिले भन्दा यसपटक विश्वासको मत दिने संख्या बढ्ने बालुवाटारको अनुमान थियो। तर, त्यसो भएन।

१५७ सांसदको मात्र प्रचण्डले समर्थन पाए। यसअघि गत फागुन ३० गते विश्वासको मत लिँदा पनि प्रधानमन्त्री प्रचण्डले १ सय ५७ जना सांसदकै समर्थन पाएका थिए।

प्रधानमन्त्रीसमेतले गरेको हिसाबमा दुईजना सांसद अनुपस्थित भएका छन्।

संसद सचिवालय स्रोतका अनुसार प्रचण्डलाई यसपटक एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र नागरिक उन्मुक्तिका सांसद गंगाराम चौधरीले मत प्रधानमन्त्रीले पाएनन्। 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘इफ, बट’ केही नभनी प्रधाानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताएका थिए।

उनकै पार्टीका उपमहासचिवसमेतरहेका सांसद ज्वाला भने सोमबारेको संसद बैठकमा अनुपस्थित रहे।

उता नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पुरै ४ जना सांसदको मत प्रचण्डलाई दिने बताएकी थिइन्।

उनले ह्वीप नलगाएपनि प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई सबै मत दिने दाबी गरेकी थिइन। तर, उनको पार्टीको सांसद चौधरी अनुपस्थित भएका छन्।

उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट हालेर अशोक राई नेतृत्वको जसपालाई प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिन रोक्न आग्रह गरेका थिए। 

यादवले सभामुख देवराज घिमिरेलाई समेत पत्र पठाउँदै विश्वासको मत दिन नहुने भनेका थिए। 

तर, राई नेतृत्वको जसपाको पुरै ७ सांसदको समर्थन प्रचण्डले पाए।

यसैगरी अघिल्लो पटक फागुन ३० मा विश्वासको मत नदिएको जनमत पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अहमदावाद दुर्घटनाः ब्ल्याक बक्स भेटियो भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ नरोक्न अर्थ समितिको निर्देशन गृहमन्त्री भने – नियोजित र राजनीतिक आक्रमण गर्न खोजिएको हो माइतीघरबाट नेकपा बहुमत निकट ७ विद्यार्थी पक्राउ माओवादीको साथ पाएपछि पेलेर अघि बढे सभामुख पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्छ : गभर्नर पौडेल प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाको विरोध, टेबुल ठटाउँदै उठे टाइफुन वुटिप नजिकिँदै जाँदा चीनको हाइनानमा दशौँ हजारलाई सुरक्षित स्थानमा सारियो संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा मध्यपूर्वमा सैन्य गतिविधिको निन्दा द्वन्द्व नबढाऊः इजरायलको इरानमाथि आक्रमणप्रति विश्वको प्रतिक्रिया संसद् चलाउन सत्तापक्ष र विपक्षी दलबीच सहमति ९० वर्षीय वृद्धद्वारा श्रीमतीको हत्या, “आफू मरेपछि दु:ख नहोस् भनेर मारेँ” बयान आर्थिक सर्वेक्षण प्रस्तुत पुनःस्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको छः मन्त्री पौडेल संवैधानिक परिषद् विधेयक पारित पोर्चुगलमा लोकप्रिय नेपालीको रेष्टुरेन्ट उत्कृष्ट अवार्ड जित्न सफल प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका विदेश भ्रमणबारे संसदीय समितिलाई जानकारी गराइयो बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छः ऊर्जामन्त्री खड्का कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा बस्ने