2026-09-19 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

डीपी अर्यालले पार्टीको पैसा खल्तीमा राख्नुभयो : मुकुल ढकाल

असार २६, काठमाडौँ । रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले उपाध्यक्ष डीपी अर्यालले पार्टीलाई आएको आर्थिक सहयोग आफ्नो खल्तीमा हाल्ने गरेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै अर्यालले पार्टीभित्र आर्थिक अनियमितताका कतिपय कुराहरूमा आफू अप्ठेरो पर्ला भनेर नबोलेको समेत बताए ।  

पार्टी महामन्त्रीबाट निस्कासित भएपछि बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले रास्वपाभित्र ठूला आर्थिक अपारदर्शिता रहेको उल्लेख गरे । ‘डीपी अर्यालले साथीहरले दिएको पैसा पार्टीलाई नदिइकन सिधै आफ्नो खल्तीमा राख्नुभएको छ,’ ढकालले भने, ‘दुई साताअघि पनि त्यस्तो भएको छ ।’

कानुनअनुसार पार्टीले ऋण लिन नपाउने प्रावधान रहेको भन्दै आफूले सम्झाउँदा पनि अर्यालले पार्टीको ऋणको नाममा पैसा कारोबार गर्ने गरेको ढकालको आरोप छ । ‘आर्थिक पारदर्शिताको कुरा गरिएको छ । आर्थिक हिसाबकिताब क्लियर गर्नुपर्छ । ‘डीपी अर्यालले साथीहरुले दिएको पैसा पार्टीलाई नदिइकन सिधै आफ्नो खल्तीमा राख्नुभएको छ,’ ढकालले भने,’ऋण भन्दै दुई साताअघि पनि त्यस्तो गर्नुभएको छ ।’

उनले पार्टीसँग रसिदबिना कारोबार नगर्न अनुरोध गरेका छन् । ‘आर्थिक हिसाबकिताब पारदर्शी हुनुपर्छ । को व्यक्तिले कति पैसा दियो ? सामान किनबेचबाट कति प्राप्त भयो क्लियर हुनुपर्छ,’ ढकालले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई