Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बस दुर्घटना अपडेट: त्रिशूलीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुल्यो [सूचीसहित]

By साझासवाल 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

असार २८, काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुलेको छ । गणपति डिलक्स र एन्जल डिलक्स बसमा सवार यात्रुहरूको पहिचान खुलेको हो ।

बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौं गइरहेको एन्जल बसमा चालक/सहचालकसहित २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ३१ जना यात्रु सवार थिए । ​

काठमाडौं बाट गौर तर्फ आउने क्रममा आज बिहान पहिरोमा परेर बेपता भएको गणपती डिलक्स बसमा यात्रा गरिरहेका ३१ जना यात्रु मध्ये १४ जना यात्रुको नाम लिस्ट प्राप्त भएको छ।

काठमाडौं बाट गौर आईरहेको बागमती प्रदेश ०३ -० ०१ख २४९५ नम्बरको बसमा सवार ३१ जना मध्ये रौतहट देवाही गोनाही  नगरपालिका १ करुनियाका  अधिकारी दासको छोरा नन्दन दाससहित २ जना र वृन्दावन नगरपालिका सिसवा धमौराका एकजना गरी तीनजना केविन बाट हामफालेर ज्यान जोगाएका थिए । हामफालेर ज्यान जोगाउन सफल भएका मध्ये एकजना नन्दन दास रहेको देवाही गोनाहीका पूर्व मेयर धर्मेन्द्र पटेलले बताएका छन ।

बसमा यात्राको क्रममा ३१ जना यात्रु मध्ये १४ जनाको नामले टिकट काटिएको देखिएको छ। काठमाडौंबाट गौर तर्फ आउने यात्रुहरुमा शैलेन्द्र, राजकिशोर, ओमजी, वकील खान, सिकेन्द्र, प्रिन्स जैसवाल, राज पटेल, नन्दन दास, शम्भु, नवीन, हरिश्चन्द्र, अमिता, नन्दुजी को नामले टिकट काटिएको छ।

यस्तै, बेपत्ता एन्जल डिलक्स बस वीरगञ्चबाट चालकसहित २४ जना यात्रु लिएर काठमाडौं‌का लागि छुटेको खुलेको छ । त्यसमा केही यात्रु भारतीय पनि थिए ।

प्रदेश ०३००६ ख १५१६ नं. को सो बसमा बीच बाटोमा यात्रु चढेका थिए वा थिएनन् भन्ने यकिन भइसकेको छैन ।

चालक जवाहिर महतोले हाँकेको बस वीरगञ्जबाट बिहीबार साँझ ८ बजे काठमाडौंका लागि छुटेको थियो । बसमा चालक र सहचालकसहित २४ जना सवार थिए । उनीहरूको पहिचान भएको छ ।

त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलका ७ गोताखोरसहित ७० जनाकाे टोली खटिएकाे छ । सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको हो ।

अविरल वर्षाका कारण शुक्रबार बिहान करिब ३ बजेको समयमा चितवन भरतपुर नगरपालिका–२९ सिमलताल भन्ने ठाउँमा पहिरो खस्दा दुईवटा बस त्रिशुलीमा खसेर बेपत्ता भएका छन् ।

एन्जलमा सवार यात्रुहरूको सूची यस्तो छ :

१ . अन्सारी जी समेत २ जना (भारत घर)

२. सन्तोष ठाकुर, भारत

३. सुरेन्द्र शाह, भारत

४. आदित मिया, भारत

५. सुनिल शाह, भारत

६. साहनबाज आलम, भारत

७. प्रकाश पटेलसमेत दुई जना (वीरगन्ज–१४ पिपरा)

८. अरबिन्द्र दुवे, ठेगाना नखुलेको ।

९. हरिन्द्र पण्डित, ठेगाना नखुलेको ।

१०. सुजित जीसहित दुई जना (रामनगरी पर्सा)

११. परमानन्द जी, बारा मुसहर्वा

१२. हृदयनारायण राउत समेत ३ जना (पर्सा रंगपुर)

१३. सालिम मिया सहित दुई जना (रघुनाथपुर)

१४. रैजुल आलम समेत दुई जना (पर्सा कटिया)

१५. जवाहिर महतो, वीरगन्ज (बस चालक)

१६. राजेन्द्र केसी, डिलक्स साहु ।

१७. चौधरी थरका सह–चालक ।