पढ्न करिब 1 मिनेट लाग्छ

साउन ३२, काठमाडौँ । पाकिस्तानमा पनि एमपक्स संक्रमण देखापरेको छ।

पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा पहिलोपटक एमपक्सको संक्रमित फेला परेका हुन्।

संक्रमित व्यक्ति खैबर–पख्तुनख्वाको मर्दान जिल्लाका बासिन्दा हुन्। उनी खाडी देशबाट स्वदेश फर्किएका थिए।

संक्रमित व्यक्ति ककसको सम्पर्कमा आएका थिए भन्ने पत्ता लगाउन नमुना संकलन भइरहेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्।

पाकिस्तानी स्वास्थ्य मन्त्रालयले बिहीबार सूचना जारी गरी विमानस्थल र त्यस्ता सबै ट्रान्जिट पोइन्टमा कडा स्क्रिनिङ भइरहेको बताएको थियो।

यसैबीच पाकिस्तानका प्रधानमन्त्रीका स्वास्थ्य संयोजक डा मुख्तार अहमदले सरकारी अस्पतालहरूलाई सावधानी अपनाउन निर्देशन दिइएको बताएका छन्।

स्वास्थ्य मन्त्रालय कुनै पनि परिस्थितिको सामना गर्न सतर्क रहेको उनको भनाइ छ।

यसअघि स्विडेनमा एमपक्सको पहिलो संक्रमण देखिएको थियो।