पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज १८, सिन्धुली |</b> सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना भएको छ । शुक्रबार काठमाडौँबाट विराटनगर जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको हायस दुर्घटना भएको हो । दुर्घटनामा परेर १५ जना घाइते भएका छन् ।<br></p><p>उनीहरुलाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । हायसमा १९ जना सवार रहेको समेत प्रहरीको भनाई छ । </p>

