१५ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौँ महानगरपालिकाले थाल्यो घुम्ती खाद्य प्रयोगशाला, खाद्य गुणस्तर जाँचिने

२२ चैत्र २०८१, शुक्रबार ००:२०

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन थालेको छ ।

आज कामपाको उपप्रमुख एवम् अनुगमन संयोजक सुनिता डङ्गोलले थापाथलीस्थित प्रसुतिगृह र नर्भिक अस्पतालका क्यान्टिनका खाद्य वस्तुका नमूना सङ्कलन तथा परीक्षण कार्यको शुभारम्भ गर्नुभएको हो । त्यस क्रममा संयुक्त अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरूको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमूनाहरूको स्थलगत परीक्षण विश्लेषण गरेको थियो ।

घुम्ती प्रयोगशालाबाट हुने कामका विषयमा जानकारी लिँदै उपप्रमुख डङ्गोलले, खाद्य स्वच्छताबाट उपभोक्ता अधिकार सुरक्षित गराउन घुम्ती प्रयोगशालाबाट तथ्यमा आधारित विवरण प्राप्त हुने बताउनुभयो । यसबाट प्राप्त हुने नतिजाका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, “स्वच्छ खाद्य व्यवसायका लागि वैज्ञानिक कार्यक्रम तर्जुमा गर्न घुम्ती प्रयोगशालाबाट महत्त्वपूर्ण आधार निर्माण हुनेछ ।”

कामपाको सहकार्यबाट गुणात्मक नतिजा प्राप्त हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक सोमकान्त रिजालको अपेक्षा गर्नुभयो । आज परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालको चमेना गृह (सुनिल क्यान्टिन), स्टाफ क्यान्टिन (मनकामना माई क्यान्टिन), अस्पतालको निःशुल्क खाजा, सुप तथा अन्य विरामीको लागि तयार गर्ने भान्छा र नर्भिक अस्पतालको क्याफे केयर प्रालिको अनुगमन निरीक्षण गरिएको हो ।

अनुगमनका क्रममा सुनिल क्यान्टिन र मनकामना क्यान्टिनबाट दूध, पानी र खाने तेलको स्थलगत नमूना सङ्कलन र परीक्षण गरियो । घुम्ती प्रयोगशालाको परीक्षणबाट यी खाद्यवस्तुको गुणस्तर मापदण्डअनुसारको पाइएको छ । यस्तै क्यान्टिनबाट लिइएको मःम सँग खाने अचारको नमूना लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ ।

नर्भिक अस्पतालको क्याफे केयरबाट नमूना लिइएको क्रिम डुनटको नमूना पनि रिफरेन्स प्रयोगशालामा पठाइएको छ । कामपाका फुड टेक्नोलोजिष्ट भारती अधिकारीका अनुसार स्त्री रोग अस्पतालको चमेना गृहमा मासु तथा मासुजन्य पदार्थ र तरकारी साग सब्जीसँगै राखिएको पाइएको थियो । ग्याँस चुलो, रेफ्रिजरेटर फोहर अवस्थामा भेटिएको र व्यक्तिगत सरसफाइमा कमजोर देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार लेबल नभएको खाद्य सामाग्रीको प्रयोग भेटिएको र सिन्थेटिक रङ्गको अनुचित प्रयोग भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता तिलामा सञ्चालित स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी लाभान्वित भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन दुई विधेयक प्रमाणीकरण नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट इँटा भट्टा छेउको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु सोक्लामा चट्टान आरोहण महोत्सव हुने भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने सुस्ता झोलुङ्गे पुल जोखिममा साहित्यकार राईको ‘जार’ कथामा आधारित चलचित्र सार्वजनिक हुँदै सहकारी संस्थाबाट पीडित व्यक्तिहरूले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरे प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना शिक्षकका माग तत्काल सम्बोधन नगरे ठुलो जनआन्दोलन हुने झलनाथ खनालको चेतावनी भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र