2026-09-13 03:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तनहुँका दुई गाउँपालिकाले खोप किन्न अनुमति मागे

जेठ १४, दमौली | सरकारले अनुमति दिए तनहुँका दुई पालिकाले कोभिडविरुद्धको खोप खरिद गर्ने भएका छन् । म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाले कोरोना महामारीविरुद्ध आफैँ खोप खरिद गर्ने भन्दै अनुमति दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग माग गरेको हो । सरकारले खोप उपलब्ध गराउन समय लागेपछि आफैँले खरिद गर्ने भन्दै गाउँपालिकाले मन्त्रालयसँग अनुमति माग गरेको हो । गाउँपालिका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले मन्त्रालयलाई पत्र लेख्दै कोभिड भ्याक्सिन बाहिरबाट खरिद गर्नका लागि अनुमति दिन आग्रह गर्नुभएको छ । 

गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत तथा विकास बजेट कटौती गरेर भए पनि भ्याक्सिन खरिदमा लगानी गर्ने अध्यक्ष रानाले बताउनुभयो । “स्थानीय नागरिकबाट उक्त भ्याक्सिनको अत्यधिक माग तथा अनुरोध भई आएकाले सरकारले यथाशीघ्र भ्याक्सिन उपलब्ध गराइदिओस्, नत्र भने नागरिकको जीवनरक्षाका लागि हामी आफैँ खरिद गर्छौँ, त्यसका लागि अनुमति दिओस्”, रानाले भन्नुभयो । 

गाउँपालिकाले सबै नागरिकलाई कोभिडविरुद्धको खोप दिन चाहेको र त्यसका लागि सरकारले खरिद गरेको मूल्य र मापदण्डअनुसार खोप खरिद गर्न मन्त्रालयसँग अनुमति माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो । “सरकारले अनुमति दिए विकास बजेट कटौती गरेर भए पनि खोप खरिद गर्छौँ”, अधिकारीले भन्नुभयो । 

सरकारसँग खोप किन्ने स्रोतको कमी भएको सुन्नमा आएकाले गाउँपालिकाले नागरिकको जीवनरक्षाका लागि विकास बजेट कटौती गरेर खोप किन्न चाहेको उपाध्यक्ष घिमिरेले बताउनुभयो । विकास निर्माणभन्दा खोपलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । “जनता बचेनन् भने विकासको के अर्थ रहन्छ, अहिले बाटो हिँड्नै पाएका छैनन् मान्छे, घरमा थुनिएर बस्नुपरेको छ”, उहाँले भन्नुभयो, “पहिलो त नागरिकको जीवनरक्षा नै ठूलो कुरा हो ।” उपाध्यक्ष घिमिरेका अनुसार खोप खरिदका लागि हालसम्म कुनै कम्पनी वा व्यक्तिसँग सम्पर्क नभए पनि अन्य स्थानीय तहसँग मिलेर खरिद गर्न सकिनेछ । 

सदरमुकामस्थित व्यास नगरपालिकाले पनि सरकारले अनुमति दिए आफैँले खोप खरिद गर्ने बताएको छ । नगरवासीलाई आवश्यक पर्ने खोप सरकारकै तर्फबाट उपलब्ध गराउन माग गर्ने र उपलब्ध हुन नसकेको खण्डमा नगरपालिकाले नै खरिद गरी लगाउने व्यवस्था मिलाउन सरकारसँग अनुमति माग गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । 

“कोभिड–१९ को सङ्क्रमण विभिन्न भेरिएन्टमा पटक–पटक महामारीको रूपमा फैलिएको र यसको नियन्त्रणको सबैभन्दा उत्तम विकल्पका रूपमा देखिएको कोभिडविरुद्धको खोप लगाउनका लागि सरकारले विभिन्न चरणमा अभियान सञ्चालन गर्यो”, न्यौपानेले भन्नुभयो, “तथापि यो खोप आम नागरिकको पहुँचमा सहजरूपमा पुगिसकेको छैन ।”

स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर

तनहुँको आँबुखैरेनी गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको छ । करुणा फाउण्डेशन काठमाडौँले गाउँपालिकालाई दुई थान कन्सन्ट्रेटर सहयोग गरेको हो । कोभिड महामारीका बेला संस्थाले गरेको सहयोगले सङ्क्रमितको उपचारमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले कन्सन्ट्रेटर सहयोग गरेकामा संस्थाप्रति आभार व्यक्त गर्नुभयो । 

यसैगरी लायन्स क्लब अफ तनहुँ दमौलीले व्यास नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । कोरोना रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउन क्लबले नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो । 

क्लबका अध्यक्ष सरोज भण्डारीलगायत पदाधिकारीले नगरप्रमुख न्यौपानेलाई उक्त अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । समाजसेवा नै मूल मन्त्र ठानेर सामाजिककार्यमा सक्रिय युवाहरुको संस्थाले नगरवासीको जीवनरक्षाका लागि उक्त सहयोग गरेको भण्डारीले बताउनुभयो । “नगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा अक्सिजन अभाव हुन नदिन रु एक लाख २७ हजारको उपकरण सहयोग गरेका हौँ”, उहाँले भन्नुभयो । नगरप्रमुख न्यौपानेले संस्थाले विगतमा गरेको सामाजिक क्रियाकलापको उच्च मूल्याङ्कन गर्दै सामाजिक काममा आफूलाई सदैव क्रियाशील राख्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन