२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोभिड–१९ बाट २४ घण्टामा तीन हजार २०७ जनाको मृत्यु

२०७८, १९ जेष्ठ बुधबार ०७:५३

जेठ १९, नयाँ दिल्ली (रासस/सिन्ह्वा)। भारतमा कोरोनाभाइरस महामारी (कोभिड–१९) बाट संक्रमितमध्ये विगत २४ घण्टामा थप तीन हजार २०७ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड–१९ संक्रमितमध्ये कूल तीन लाख ३५ हजार १०२ जनाको ज्यान गइसकेको छ ।   

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा एक लाख ३२ हजार ७८८ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित भारतमा बुधबारसम्म कूल संक्रमितको संख्या दुई करोड ८३ लाख नाघेको छ ।तर संक्रमितमध्ये दुई करोड ६१ लाख ७९ हजार निको भएका छन् । अझै १७ लाख ९३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामै रहेका छन् । तर यो संख्या विगत २४ घण्टामा एक लाखले कमी आएको हो । 

मन्त्रालयका अनुसार भारतमा पछिल्ला केही दिनदेखि संक्रमितको संख्यामा निकै कमी आएको छ । भारतमा गत जनवरी १६ देखि राष्ट्रव्यापी खोप अभियान थालनी गरिएको थियो । हालसम्म देशभर करिब २१ करोड ८० लाख डोज खोप लगाइएको छ । तर भारतका कैयौं स्थानमा खोपको अभाव देखिएको तथा खोप केन्द्रहरुमा मानिसहरुको ठूलो भिड लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतले हाल १८ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप दिने नीति लिएको छ । मन्त्रालयका अनुसार, मङ्गलबार एकै दिन भारतमा २३ लाख ९७ हजार डोज खोप दिइएको छ । यसैबीच, भारतले कोभिड–१९ को परीक्षण सुविधालाई अझ सहजीकरण र व्यापक बनाएको छ । हालसम्म भारतमा ३५ करोड नमुना परीक्षण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा