२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँ समाचार: निषेधाज्ञा लम्ब्याइयो

२०७८, २१ जेष्ठ शुक्रबार १५:११

जेठ २१, तनहुँ | कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि तनहुँमा गरिएको निषेधाज्ञालाई चौथो पटक थप गरिइएको छ । कोभिडको जोखिम अझै कम नभएको र समुदायमा व्यापक फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म थप गर्ने निर्णय  गरेको हो । 

जिल्ला गत वैशाख २२ देखि ३१ गतेसम्म पहिलो, यही जेठ १ देखि १५ सम्म दोस्रो र जेठ १६ देखि २२ सम्म तेस्रो पटक निषेधाज्ञा गरिएको छ । तेस्रो पटक गरिएको निषेधाज्ञा भोलि शनिबार राति १२ बजे सकिदैछ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले कोभिड जोखिम कम नभएकाले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार निषेधाज्ञा कडाईका साथ कार्यान्वयन गर्न स्थानीय तह लगायत सबै पक्षलाई अनुरोध गरिएको छ । 

तीन प्रयोगशाला बन्द

दमौलीमा सञ्चालनमा रहेको तीन  प्रयोगशाला प्रशासनले बन्द गराएको छ । दर्ता नभएका र उद्देश्य विपरित सञ्चालन भएका तीन प्रयोगशाला प्रशासनले बन्द गराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा केही दिन अगाडी गरिएको अनुगमन पश्चात् चार प्रयोगशाला तत्काल बन्द गर्न निर्देशन दिइएको थियो । बन्द भएकाप्रयोगशालालाई प्रदेशबाट अनुमति लिएर आउन आग्रह गरिएपछि व्यास डायग्नोष्टिक प्रालिले मात्रै अनुमति ल्याएपछि उक्त ल्याबलाई सञ्चालनको अनुमति दिइएको उहाँले जानकारी दिनुभयो । 

युआरएलको दमौली र दुलेगौडा तथा गणेशमानचोकमा सञ्चालित दमौली प्याथ ल्याबलाई भने प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट अनुमतिपत्र ल्याएपछि मात्रै सञ्चालन गर्न दिइने बरालले जानकारी दिनुभयो । प्रशासनले अनधिकृत रुपमा पिसिआर स्वाब लिने काम समेत बन्द गर्न निर्देशन दिएको छ । “सबैले अनुमति ल्याउने प्रकृयामा रहेको जानकारी गराउनुभएको छ, अनुमतिपत्र ल्याएर प्रशासनलाई बुझाएपछि मात्रै सञ्चालन गर्न दिइनेछ,” उहाँले भन्नुभयो । 

म्याग्देलाई दुई थान अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री

तनहुँ उद्योग वाणिज्य सङ्घले म्याग्दे गाउँपालिकालाई अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियान २०७८ मार्फत् गाउँपालिकालाई दुई थान अक्सिजन सिलिन्डर सहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।  गाउँपालिकामा आज सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ लगायत पदाधिकारीले गाउँपालिकाका अध्यक्ष मायादेवी रानालाई उक्त सामग्री प्रदान गर्नुभएको छ । सङ्घले मास्क, स्यानीटाइजर, फेशसिल्ड, डस्टविन, पिपिई लगायतका सामग्री सहयोग गरेको सङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

सङ्घले जिल्लाका विभिन्न पालिका र अस्पताललाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री वितरण गरिरहेको छ । यसअघि दमौली अस्पताललाई ६ थान अक्सिजन सिलिन्डर, बन्दीपुर अस्पताललाई तीन , आँबुखैरेनी स्वास्थ्यचौकीलाई तीन  र पुरनडिही अस्पताललाई तीन  अक्सिजन सिलिन्डर सहयोग गरिएको उहाँले बताउनुभयो ।  म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले कोभिड नियन्त्रणका लागि निजी क्षेत्रबाट गरिएको सहयोग उल्लेखनीय रहेको जनाउँदै सबैको सामूहिक प्रयासले यसलाई नियन्त्रण गर्न सकिने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले सामग्री सहयोग गरेकामा सङ्घप्रति आभार व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु