2026-09-18 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमआइटी ग्रुप फाउन्डेशनद्वारा सहयोग

जेठ २४, काठमाडौँ (रासस)। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण प्रतिकार्यका सन्दर्भमा नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि सहयोग पुर्याउन सबै तह र तप्कासँग आह्वान गर्नुभएको छ । 

एमआइटी ग्रुप फाउन्डेशनमार्फत सहयोगस्वरुप सङ्कलन गरिएको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा उहाँले कोरोना सङ्क्रमण नियन्त्रण र उपचारका सिलसिलामा धेरै मुलुकबाट प्राप्त भइरहेको जानकारी दिनुभयो । मन्त्री तामाङले भन्नुभयो, “नेपाली जनताको सुरक्षाका लागि ज–जसले जति–जति सकिन्छ सहयोगका लागि सबैसँग आह्वान गर्न चाहन्छु ।”

उहाँले नेपाली जनतालाई सुरक्षित राख्नका लागि खोपको व्यवस्थापनका साथै अन्य उपचारको प्रबन्धका लागि सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनुभयो । उहाँले प्राप्त सबै सहयोग स्वास्थ्य सेवा विभागमा सङ्कलन गरी सम्बन्धित जिल्लाको माग र आवश्यकताका आधारमा स्वास्थ्य सामग्री पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली शेष घले र जमुना घलेद्वारा नेपाल तथा नेपाली जनताको सेवाका लागि स्थापित उक्त फाउन्डेशनले करीब रु तीन करोड मूल्य बराबरका २२० थान अक्सिजन कन्सन्ट्रेटर सहयोगस्वरुप हस्तान्तरण गरिएको प्रबन्धक सञ्चालक सुरेश चित्रकारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई