२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कालीकोटमा आयुर्वेद औषधि उत्पादन

२०७८, २८ जेष्ठ शुक्रबार ०६:२७

मिमबहादुर रावल । जेठ २८, मान्म (रासस)। जिल्ला आयुर्वेद औषधालय कालीकोटले स्थानीय जडीबुटीको प्रयोग गरी विभिन्न रोग प्रतिरोेधी औषधि उत्पादन गर्न थालेको छ । यहाँ पाइने स्थानीय जडीबुटीबाट आयुर्वेद औषधि उत्पादन गर्न थालिएको हो ।  

जिल्लालाई आयुर्वेद औषधिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ स्थानीय जडीबुटीको उत्पादनलाई प्राथमिकतामा राखी औषधि उत्पादन गर्न थालेको कार्यालयले जनाएको छ । बाहिरबाट महँगो मूल्यमा किन्नुपर्ने अवस्था र आन्तरिक स्थानीय जडीबुटीको निर्यातलाई घटाउने मुख्य लक्ष्य रहेको कार्यालयका वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले बताउनुभयो । 

“स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गरेमा कम मूल्यमा जडीबुटी बिक्री गरी महँगो मूल्यमा आयुर्वेद औषधि किन्न बाध्य कालीकोटवासीको आर्थिक विकास तथा समुन्नत स्वास्थ्यलाई टेवा पुग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “हामीले स्थानीय जडीबुुटीको प्रयोग गरेर नै आयुर्वेद औषधि उत्पादन गरेका हौँ ।”

अहिले आयुर्वेद औषधालयले स्थानीय जडीबुटीको प्रयोग गरेर कोरोनाविरुद्धको औषधिमा गुर्जो, अमला, काफलको बोक्रा, जामुन जस्ता स्थानीय जडीबुटीबाट दमका रोगीलाई र कोरोनाका बिरामीलाई लक्षित गरी उत्पादन भइसकेको वरिष्ठ वैद्यले जनाउनुभयो । “उत्पादित औषधिमा कोभिड अस्पताल मान्ममा बिरामीमा प्रयोगसमेत भइरहेको छ”, उहाँले भन्नुभयो, “जडीबुटीको प्रचुर सम्भावना रहेको कर्णालीमा यहीको आयुर्वेद औषधिको प्रयोगमा ल्याउनुपर्छ ।”

सङ्घीय सरकारले स्थानीय जडीबुटीबाट औषधि उत्पादन गर्नका लागि केही बजेट पठाएपछि औषधिमा उत्पादन हुन थालेको वैद्य पाण्डेले बताउनुभयो । उहाँका अनुसार गत वर्षभन्दा यस वर्षबाट व्यवस्थित रुपमा आयुर्वेद औषधि उत्पादन गर्न थालिएको छ । औषधालयले अश्वगन्धा बनाउन अश्वगन्धा लगायतको सम्मिश्रण गरी बनाउँछ भने अमलाबाट आमलकी, हर्रो–बर्रो तथा अमला मिसाएर त्रिफला बनाउँदै आएको छ । 

यस्तै हिम्वास्टक औषधि बनाउन हिंग, मरिच, सुठोलगायत कच्चापदार्थ मिसाइन्छ । अविपतिकरमा निशोथ, त्रिफला, तेजपत्ता, अलैँची र ल्वाङ्ग मिसाइने गरेको छ । कुरीलोबाट शतावरी तथा घोडमर्चा, गन्नाइनो, तुलसी, लेमन ग्रास, अलैँची, गुर्जो आदि मिसाएर अमृत पेय र देवदारु, धुदेलो, अर्डर तेल आदिबाट बेदनाशामक तेल बनाउने गरिएको छ । औषधालयले नीम, चिराइतो आदिबाट पीत्तहर तथा हर्रो, कालोनुन आदिबाट विरेचक र बेल, धाँइरोको फूल, ज्वानो, धनियाँ, जिरा आदिबाट विल्वपाक, तेजपत्ता, अलैँचीलगायतबाट सित्तोपलादि औषधि बनाउँदै आएको छ ।

भण्डारण नहुँदा समस्या

कालीकोटमा जडीबुटी सङ्कलन र भण्डार केन्द्र नहुँदा समस्या हुने गरेको छ । पर्याप्त जडीबुटी पाइने भए पनि अहिलेसम्म सरकारीस्तरबाट सङ्कलन र भण्डारणका लागि कुनै पहल नहुँदा जडीबुटी खेर जाने र विदेशमा अवैध निकासीसमेत हुने गरेको छ । 

कर्णालीमा १४७ जातका बुडीबुटी पाइने अनुमान गरिए पनि प्रशोधन त परको कुरा सङ्कलन र भण्डार गर्ने ठाउँसमेत नभएको तथा भण्डारणका लागि नेपालगञ्ज लैजानुपर्ने बाध्यता छ । यहाँका अधिकांश जडीबुटी बाह्य देशमा निकासी हुने गरेको कर्णाली जडीबुटी उत्पादक सहकारी संस्था तथा प्रशोधन उद्योग कालीकोटका अजबहादुर गिरीले बताउनुभयो । “सरकारले जडीबुटी सङ्कलन र प्रशोधनमा ध्यान नदिँदा यहाँको जडीबुटी विदेशमा कौडीको भाउमा जान्छ”, उहाँले भन्नुभयो, “आफ्नै लगानीमा गरिएको सङ्कलन र प्रशोधनले जति गुणस्तर कायम हुनुपर्ने त्यो राख्न भने चुनौती हुन्छ ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ