सत्यमोहन जोशीको किस्ट अस्पतालमा उपचार हुँदै

साझासवाल

जेठ २८, काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएपछि ललितपुरको किस्ट अस्पतालमा उपचार भइरहेको छ । स्वासप्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते अस्पताल भर्ना भएका थिए ।

उनको छातीमा निमोनियाको संक्रमण देखा परेकोले उपचार सुरु गरिएको अस्पतालले एक प्रेस विज्ञप्ति निकालेर जानकारी दिएको छ । ‘हाल स्वासप्रश्वासको स्थिति र मुटुको चाल स्थिर रहेको छ । अरु केही दिन उहाँलाई अस्पतालमै राखी उपचार जारी राखिनेछ’ अस्पतालको विज्ञप्तिमा भनिएको छ ।

जोशीको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । १०२ वर्षीय जोशीको उपचारका लागि छाती रोग विशेषज्ञ प्रा. डा. मीलेश जंग सिजापतिको नेतृत्वमा कार्डियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको संयुक्त टोली संलग्न रहेको किस्ट अस्पतालले जनाएको छ ।

Leave a Comment

Leave a Reply