२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

महामारीमा स्वास्थ्य सेवा सुधारिएपछि पालिकाले पाउँदैछ जनताको स्याबासी

३० जेष्ठ २०७८, आईतवार ०२:०४

जेठ ३०, कैलाली | कैलालीको घोडाघोडी नगरपालिकाले कोरोना महामारीमा जनताको स्वास्थ्यमा गम्भीरताका साथ चासो दिएर काम गरेको भन्दै नागरिकले खुशी व्यक्त गर्नुका साथै स्थानीय सरकारको कामलाई स्याबासी दिएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि जनचेतना अभिवृद्धि तथा स्वास्थ्यकर्मी परिचालनलगायत अन्य पाटोमा सक्रियतापूर्वक लागेको घोडाघोडी नगरपालिका अक्सिजनसहितको आइसोलेशन सञ्चालन गर्न एमबिबीएस चिकित्सक नहुँदा समस्यामा परेको थियो तर अहिले पालिकामा सो समस्या समाधान भएपछि आइसोलेशन मात्र नभई पालिकाले अस्थायी कोरोना अस्पताल नै सञ्चालन गरेपछि नागरिकले स्थानीय सरकार जनताको भएको महसुस गरेको बताएका छन् ।

केही दिनअघिसम्म चिकित्सक अभाव भोगिरहेको घोडाघोडी अहिले जनतालाई सहज तरिकाले स्वास्थ्य सेवा दिन क्रियाशील छ । एमबिबीएस डा टेकराज भट्टराई, दुई स्टाफ नर्स ज्योति चौधरी र शिला चौधरी एवं हेल्थ असिस्टेन्ट शिशिर न्यौपानेसहितको टोलीले यस महामारीमा देखाएको सक्रियताले कोरोनाका बिरामीका साथै आम नागरिकको मन जितेपछि नागरिकले स्वास्थ्यकर्मीसहित स्थानीय सरकारको प्रशंसा गर्न थालेका छन् ।

कोरोनाका लक्षण देखिएका बिरामीको परीक्षण गर्न तथा सामान्य स्वास्थ्य उपचार गर्नका लागि समेत समस्या हुने अवस्थामा रहेको घोडाघोडीमा अहिले पालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमितले नियमित उपचार पाइरहेका छन् । अस्पतालमा अहिले कोरोनाका सामान्य तथा अक्सिजन दिनुपर्ने बिरामीको निरन्तर उपचार भइरहेको डा भट्टराईले जानकारी दिनुभयो ।

कोरोना लाग्यो भने उपचारका लागि सोझै धनगढी जानुपर्ने नागरिकका लागि गाउँघरमै चिकित्सकसहितको कोरोना अस्पताल सञ्चालन हुँदा सहज भएको स्थानीय युवा कपिल सापकोटा बताउनुहुन्छ । महामारीको बेला पालिकाले स्वास्थ्य क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेर काम गर्दा जनतामा स्थानीय सरकारप्रति विश्वास बढेको सापकोटाको भनाइ छ । अहिले पालिकाले हरेक वडामा स्वास्थ्य केन्द्र बनाउनु, हरेक समय आम नागरिकले कोरोना परीक्षण गर्न पाउने व्यवस्था हुनु तथा उपचारको व्यवस्था गरिनुले पनि आम नागरिकको स्थानीय सरकारप्रतिको विश्वास अझै अग्लिएको सापकोटाको तर्क छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ? ‘म्यानपावरले पाउने व्यावहारिक सेवा-शुल्क नतोक्दा आचारसंहिता लागू भएन’ नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो केपी शर्मा ओलीले एमालेलाई कसैले हल्लाउन नसक्ने बताए राप्रपाका नेता कार्यकर्ताहरुले बल्खुमा सभा सकिएपछि आफैँ सडक सफा गरे नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटे नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाकाको सम्भावना राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन