२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

महामारीमा स्वास्थ्य सेवा सुधारिएपछि पालिकाले पाउँदैछ जनताको स्याबासी

२०७८, ३० जेष्ठ आईतवार ०२:०४

जेठ ३०, कैलाली | कैलालीको घोडाघोडी नगरपालिकाले कोरोना महामारीमा जनताको स्वास्थ्यमा गम्भीरताका साथ चासो दिएर काम गरेको भन्दै नागरिकले खुशी व्यक्त गर्नुका साथै स्थानीय सरकारको कामलाई स्याबासी दिएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि जनचेतना अभिवृद्धि तथा स्वास्थ्यकर्मी परिचालनलगायत अन्य पाटोमा सक्रियतापूर्वक लागेको घोडाघोडी नगरपालिका अक्सिजनसहितको आइसोलेशन सञ्चालन गर्न एमबिबीएस चिकित्सक नहुँदा समस्यामा परेको थियो तर अहिले पालिकामा सो समस्या समाधान भएपछि आइसोलेशन मात्र नभई पालिकाले अस्थायी कोरोना अस्पताल नै सञ्चालन गरेपछि नागरिकले स्थानीय सरकार जनताको भएको महसुस गरेको बताएका छन् ।

केही दिनअघिसम्म चिकित्सक अभाव भोगिरहेको घोडाघोडी अहिले जनतालाई सहज तरिकाले स्वास्थ्य सेवा दिन क्रियाशील छ । एमबिबीएस डा टेकराज भट्टराई, दुई स्टाफ नर्स ज्योति चौधरी र शिला चौधरी एवं हेल्थ असिस्टेन्ट शिशिर न्यौपानेसहितको टोलीले यस महामारीमा देखाएको सक्रियताले कोरोनाका बिरामीका साथै आम नागरिकको मन जितेपछि नागरिकले स्वास्थ्यकर्मीसहित स्थानीय सरकारको प्रशंसा गर्न थालेका छन् ।

कोरोनाका लक्षण देखिएका बिरामीको परीक्षण गर्न तथा सामान्य स्वास्थ्य उपचार गर्नका लागि समेत समस्या हुने अवस्थामा रहेको घोडाघोडीमा अहिले पालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमितले नियमित उपचार पाइरहेका छन् । अस्पतालमा अहिले कोरोनाका सामान्य तथा अक्सिजन दिनुपर्ने बिरामीको निरन्तर उपचार भइरहेको डा भट्टराईले जानकारी दिनुभयो ।

कोरोना लाग्यो भने उपचारका लागि सोझै धनगढी जानुपर्ने नागरिकका लागि गाउँघरमै चिकित्सकसहितको कोरोना अस्पताल सञ्चालन हुँदा सहज भएको स्थानीय युवा कपिल सापकोटा बताउनुहुन्छ । महामारीको बेला पालिकाले स्वास्थ्य क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेर काम गर्दा जनतामा स्थानीय सरकारप्रति विश्वास बढेको सापकोटाको भनाइ छ । अहिले पालिकाले हरेक वडामा स्वास्थ्य केन्द्र बनाउनु, हरेक समय आम नागरिकले कोरोना परीक्षण गर्न पाउने व्यवस्था हुनु तथा उपचारको व्यवस्था गरिनुले पनि आम नागरिकको स्थानीय सरकारप्रतिको विश्वास अझै अग्लिएको सापकोटाको तर्क छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?