Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कहिले आउँछ सरकारले घोषणा गरेको एक करोड डोज खोप ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ४, काठमाडौं । सरकारले एक दुई महिनाको अवधिमा एक करोडभन्दा बढी डोज खोप लिने घोषणा गरे पनि न कुनै देशबाट खोप आउन सकेको छ न त सम्बन्धित देशले खोप दिने समय तोकेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने बुधबार कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकमा थप ४० लाख खोप ल्याउने एक साताभित्र तयारी भइरहेको बताए।

दुई साताअघि चीन सरकारले अनुदान स्वरुप प्रदान गरेको भेरोसेलको १० लाख खोपबाहेक अन्य देशले खोप दिइहाल्ने स्थिति छैन। कोभिड १९ विरुद्धको खोप सल्लाहाकार समिति तथा स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म कुनै पनि देशले खोप दिने जानकारी नदिएको बताएका छन्।

‘अहिलेसम्म कुनै देशबाट खोप आइहाल्ने हामीलाई जानकारी छैन,’ कोभिड १९ विरुद्धको खोप सल्लाहाकार समितिका संयोजक डा. श्यामराज उपे्रतीले नागरिकसित भने।

दुई साताअघि पूर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनबाट थप ५० लाख भेरोसेलको खोप र अमेरिकाबाट थप ५० लाख खोप अष्ट्राजेनिका या भेरोसेलको खोप दिने बताएका थिए।

उनले जेठ १४ गते स्वास्थ्य पत्रकार मञ्चको बैठकमा दशदिन भित्र सम्बन्धित देशहरूले खोप दिने बारेमा केही न केही जानकारी दिने बताएका थिए। मन्त्री ज्ञवालीले भनेका थिए, ‘हप्ता, दस दिनभित्रमा बे्रक थु्र हुन्छ।’

यो समाचार आजको नागरिक दैनिकमा छ ।