२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना निको हुने दर ९२ प्रतिशत

२०७८, १३ असार आईतवार ०२:१५

असार १३, काठमाडौं । कोरोनाविरुद्ध निषेधाज्ञा  बिस्तारै  खुुकुलो  भएसँगै  कोरोनाबाट मुक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । सङ्क्रमित हुनेभन्दा निको  हुनेको  सङ्ख्या  दोब्बरभन्दा  बढी छ ।

स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयका  अनुसार  गत  २४  घण्टामा  थप  चार  हजार  ९१४  जना  सङ्क्रमित  निको  भएका  छन्  भने  दुई  हजार  १६  जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

कोरोना सङ्क्रमणबाट निको हुने दर ९१ दशमलव ९ प्रतिशत छ । विज्ञहरूका अनुसार कोरोना निको हुने दर नेपालमा उच्च छ ।नेपालमा  हालसम्म  छ  लाख  ६३  हजार  ८५७  जनालाई  कोरोना  पुष्टि  भएको  छ  भने  पाँच  लाख  ८१  हजार  ३२७ जना सङ्क्रमित निको भएका छन् । 

हाल देशभर ४२ हजार २४ जना सक्रिय सङ्क्रमित छन् । गत २४ घण्टामा चार हजार  ७०४  जनाको  पीसीआर  र  चार  हजार ८०६ जनाको एन्टिजेन गरी कुल नौ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो । 

काठमाडौँमा  १८१,  भक्तपुरमा  २५  र ललितपुरमा ४३ जना गरी काठमाडौँ उपत्यकामा  थप  २४९  जना  सङ्क्रमित  थपिएका  छन्  ।  यस्तै  देशभरका  कोरोना  अस्पतालका  आईसीयूमा  ७३४  र  भेन्टिलेटरमा  २२२  जना  सङ्क्रमित  उपचाररत  छन्  ।  

मन्त्रालयका  अनुसार  विगत २४ घण्टामा थप ३० जनाको मृत्यु भएको  छ  ।  योसहित  नेपालमा  कोरोना  सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार ९७५ पुगेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ