2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजारमा नक्कली कोरोनाको खोप बिक्रि हुँदै, मूल्य ५ हजारसम्म

असार १३, काठमाडौँ | बजारमा कोरोनाको खोप अबैध रुपमा बिक्रि हुँदै गरेकोप्रति राष्ट्रिय उपभोक्ता मंचले विज्ञप्ति जारी गरेको छ । मंचका अध्यक्ष प्रेमलाल महर्जनद्वारा जारी बिज्ञप्तिमा लुकीछिपी रु. ३ हजार देखि ५ हजार सम्ममा कोरोनाको खोप बिक्रि बितरण भईरहेको गोप्य सूचना मन्चलाइ प्राप्त भएकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ । 

उपभोक्ता मंचले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ‘सरकार संयन्त्रबाट नै खोप गायव भएको समाचार र भारतको बंगालमा नक्कली कोविशिल्डको बजारमा बिक्रि भई रहेको समाचारलाई बिश्लेषण गर्दा यस्मा सरकारको सक्रियता र सजगतामा कमि देखिएकोछ ।’

मंचले सर्वसाधारण जनताको जनस्वास्थ्य माथि खेलवाड गर्ने गम्भिर प्रकृतिको कृयाकलापको सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गर्दै तत्काल सरकारको सम्बन्धीत निकायबाट अध्ययन, अनुसन्धान तथा छानविन गरी अनुचित व्यापारिक कृयाकलाप गर्ने वा मानव स्वास्थ्यमा खेलवाड गर्नेहरु बिरुध्द कडा भन्दा कडा कारवाही गरी पाउन अनुरोध गरेको छ । 

यस्तो छ विज्ञप्ति: 

बिश्वव्यापी रुपमा फैलिरहेको कोविड १९ को महामारीले सम्पूर्ण मानवजाति नै संत्रस्त भई रहेकोछ । बिश्वमा करिव ४० लाख व्यक्तिको ज्यान लिई सकेको यो कोबिड १९ ले नेपालमा पनि करिव ९ हजार जनताको ज्यान लिई सकेकोछ भने लाखौं मानिसलाई कोरोना भाइरसको संक्रमणको चपेटामा परेकोछ ।

गत बर्ष देखि फैलिएको यस कोरोना भाइरसको संक्रमण न्यूनिकरणको लागी सरकारले जति नै प्रयास गरेतापनि बिबिध कारणले यसलाई नियन्त्रणमा ल्याउन सकेकोछैन भने आगामी दिनमा कोविड १९ को तेश्रो लहर आउने प्रवल सम्भावना सम्बन्धीत बिज्ञहरुबाट चेतावनी सहित सावधान गराई सकेकोछ ।

भारतबाट आयात भएको कोविड १९ बिरुध्दको कोविशिल्डको खोप लाउने काम गत फागुणको पहिलो हप्ताबाट शुरु भएकोमा सरकारको अकर्मण्यता एवं असक्षमताका कारण सोह्र हप्ता भित्र दोश्रो खोप लाउनु पर्ने भनेतापनि अहिले सम्म खोप कहांबाट आउछ र कहिलेबाट खोप लाउन शुरु हुन्छ भन्ने कुनै ठेगाना भएकोछैन, जसको कारण दोश्रो खोप लगाउन बांकी नागरिक अत्यन्त चिन्तित भएकाछन् । यद्यपी चीनबाट ल्याइएको भेरोशलिको खोप लाउने काम दोश्रो चरणमा सहज तरिकाले शुरु भई सकेकोछ । यसलाइ कोरोना भाइरसको संत्रासले पीडित नागरिकलाइ केही राहत मिलेकोछ ।

कोविशिल्डको पहिलो खोप लगाएका नागरिकहरुले समयमा दोश्रो खोप लगाउन नपाउंदा अत्यन्त हतोत्साहित र निराश बनेको स्थिति एकातिर छ भने अर्कोतिर सरकारी निकायबाट नै खोपहरु गायव भएको आश्चर्यजनक समाचारहरु आई रहेको बेलामा केही अनुचित व्यापारिक कृयाकलाप गर्ने, जनस्वास्थ्य माथि खेलवाड गर्ने केही भ्रष्ट मनस्थितिका व्यक्तिहरुले नेपालको पूर्वीनाकाहरुबाट काठमाडौं लगायतका शहरी क्षेत्रहरुमा ल्याइ अबैध रुपमा कोविशिल्डको खोप भन्दै लुकीछिपी रकम रु. ३ हजार देखि ५ हजार सम्ममा बिक्रि बितरण गरिरहेकोछ भन्ने गोप्य सूचना यस मन्चलाइ केही चिकित्सकहरुबाट प्राप्त हुन आएकोछ । 

सरकार संयन्त्रबाट नै खोप गायव भएको समाचार र भारतको बंगालमा नक्कली कोविशिल्डको बजारमा बिक्रि भई रहेको समाचारलाई बिश्लेषण गर्दा यस्मा सरकारको सक्रियता र सजगतामा कमि देखिएकोछ । सर्वसाधारण जनताको जनस्वास्थ्य माथि खेलवाड गन गम्भिर प्रकृतिको कृयाकलापको सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गर्दै तत्काल सरकारको सम्बन्धीत निकायबाट अध्ययन, अनुसन्धान तथा छानविन गरी अनुचित व्यापारिक कृयाकलाप गर्ने वा मानव स्वास्थ्यमा खेलवाड गर्नेहरु बिरुध्द कडा भन्दा कडा कारवाही गरी पाउन अनुरोध गर्दछौं । 

(प्रेमलाल महर्जन) 

अध्यक्ष 

राष्ट्रिय उपभोक्ता मंच

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई