२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप दुई हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७८, २९ असार मंगलवार १२:००

नेपालमा थप दुई हजार ३९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ । सोमबार दुई हजार ३७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

थप सात हजार ५८ जनाको पिसिआर परीक्षण तथा तीन हजार ९५४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ६३९ तथा एन्टिजेनबाट ७५९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म ६ लाख २३ हजार १०५ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७८ सङ्क्रमित निको भएर घर फर्किएका छन् । 

काठमाडौँ उपत्यकामा ५८७ सङ्क्रमित थपिए 

काठमाडौँ उपत्यकामा पछिल्लो समय ५८७ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४१०, ललितपुरमा ९७ तथा भक्तपुरमा ८० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

१२ सङ्क्रमितको मृत्यु    

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १२ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ४१२ पुगेको मन्त्रालयले जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ