पढ्न करिब 2 मिनेट लाग्छ

असार ३१, काठमाडौं । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने ? आमसर्वसाधारणमा अन्योलता छाएको छ ।

केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ । केही खोप केन्द्रहरूमा खोप लगाएका सर्वसाधारणको विस्तृत विवरण नराखिएको देखिएको छ ।

खोप लगाउनुअघि आफ्नो रोग र आफूले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, सो विषय पूर्ण कार्यान्वयन हुन नसकेको पाइएको छ ।

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा बुधबार खोप लगाउन पुगेकी २८ वर्षीय शारदा कुवँरले भनिन्, ‘खोप लगाउने क्रममा मलाई उमेर सोध्नुभयो अरू केही सोध्नुभएन अनि लगाइहाले ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका अनुसार खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस प्रतिक्रिया (गम्भीर एलर्जी) भएको व्यक्तिले खोप लगाउन मिल्दैन ।

यस्तै, यो खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस भएको व्यक्तिले पनि कोरोनाविरुद्धको खोप लगाउन मिल्दैन ।

– १८ वर्षभन्दा कम उमेर

– पहिलो मात्रा लगाएपछि गम्भीर एलर्जी भएमा

– उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेल

– हाल (खोप लगाउने समयमा) गम्भीर बिरामी भएको

– संक्रमणमुक्त भएको ३० दिनअघि

– खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया भएमा

यो समाचार राजधानी दैनिकमा छ ।