२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण

२०७८, १८ श्रावण सोमबार ०२:०३

साउन १८, काठमाडौं । दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण देखिन थालेको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–६ का उमेश दाहालले गत असार २८ गते भेरोसेलको दोस्रो डोज खोप लगाए।

त्यसको दुई दिनपछि नै उनलाई ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखियो। पहिले त उनले खोपको असर होला भन्ने लाग्यो। तर, साउन २ गते गरेको एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भयो। 

त्यसैगरी विराटनगरका ३२ वर्षीय एक युवालाई पनि गत बुधबार कोरोना पोजेटिभ देखियो। उनले कोरोनाविरुद्धको खोप दुईवटै डोज लगाइसकेका थिए। एकाएक शनिबार घाँटी खसखसाउने, टाउको दुख्ने, रुघा लाग्ने जस्ता लक्षण देखियो। सुरुमा उनले भाइरल ज्वरो भनेर वास्ता गरेनन्। तर, पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखियो।

कोरोनाविरुद्धको खोप लगाइसकेपछि कोरोना नलाग्ने, लागे पनि धेरै असर नगर्ने विश्वास आममानिसमा छ। यी दुई युवालाई पनि त्यस्तै लाग्थ्यो। ‘तर,  खोप लगाएको भए पनि कोरोना संक्रमण हुने रहेछ’ उमेश दाहालले आफ्नो अनुभव सुनाउँदै भने, ‘खोप लगाएको छु भनेर ढुक्क हुन नहुने रहेछ।’ लक्षणहरू खोप नलगाएको मानिसलाई जस्तै देखिएको र असर पनि उस्तै पारेको उनीहरू बताउँछन्।

फागुनमा पहिलो र जेठ २१ गते कोभिसिल्डको दोस्रो मात्रा पूरा गरेर पनि असार ९ गते दोस्रो पटक कोरोना पोजेटिभ देखिएका इटहरीका लोचन पौडेलको पनि यस्तै अनुभव छ। ‘खोप लगाएको छु। केही हुँदैन होला भनेर आत्मबल चाहिँ बढे जस्तो हुने रहेछ,’ उनले भने।

उनलाई यसअघि पनि गत मंसिरमा कोरोना पोजेटिभ देखिएको थियो। केही दिन घरमा आराम गरेपछि निको भएर काममा फर्किएका थिए। तर, दुवै पटकको कोरोना संक्रमणमा स्वाद हराउने, जिउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिएको उनले बताए।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ