२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनले विश्वलाई दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग गर्ने

२०७८, २२ श्रावण शुक्रबार ०९:०८

साउन २२, बेइजिङ (रासस/सिन्ह्वा) । चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग दिने भएको छ । 

त्यसैगरी चीनले यसै वर्षको अन्तिमसम्ममा चीनले एक करोड अमेरिकी डलर सहयोग कोभ्याक्स कार्यक्रममा गर्ने पनि बताएको छ ।

चीनका राष्ट्रपति सि जिनपिङले यो कुरा बताउनुभएको छ । उहाँले यसै वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका देशहरुलाई कम्तीमा पनि दुई अर्ब डोज खोप दिने बताउनुभएको हो । 

त्यसैगरी राष्ट्रपति जिनपिङले आगामी दिनमा कोभिड विरुद्धको खोपको खाँचो हुने धेरै देश हुने भएकाले ती देशलाई यो खोप उपलब्ध गराउने बताउनुभयो ।

कोभिड–१९ को अप्रेसन फोरमको बिहीबारको बैठकमा राष्ट्रपति सि जिनपिङले यो सन्देश पठाउनुभएको हो । उहाँले पठाउनुभएको लिखित सन्देशमा सो कुराको जानकारी गराइएको छ । 

राष्ट्रपति सि जिनपिङले कोभ्याक्सअन्तर्गत दिइएको एक करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगबाट किनिएको खोप विश्वका विकासशील देशहरुका लागि उपलब्ध गराइने जानकारी पनि उहाँले दिनुभएको छ ।

राष्ट्रपति जिनपिङले चीनले कोभिड–१९ का विरुद्धमा विश्व समुदायलाई एकत्रित गर्ने काममा चीनले भूमिका निर्वाह गर्ने पनि जानकारी दिनुभएको छ । 

उहाँले विश्व यो महामारीबाट आक्रान्त भएकाले यसका विरुद्धमा विश्व नै एक भएर लड्नुपर्ने भन्दै चीन महामारी विरुद्ध विश्व समुदायलाई एकै स्थानबाट लड्ने वातावरण सिर्जना गर्ने काममा लागेको पनि बतउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु