Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौंमा भेरोसेलको दोस्रो डोज भदौ ९ गतेदेखि दिइने

By साझासवाल 2 मिनेट पढाइ

<p><b>भदौ ३, काठमाडौं ।</b> काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकलाई भदौ ९ गतेदेखि खोपको दोस्रो डोज लगाइने भएको छ ।<br></p><p>साउन १४ गतेदेखि भेरोसेलको पहिलो डोज लगाई तीन हप्ता पूरा भएका २ लाख १६ हजार नागरिकहरुलाई दोस्रो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।</p><p>काठमाडौं जिल्लाका १४४ खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज दिइने खड्काले बताए । उनका अनुसार भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।</p>