भदौ ७, काठमाडौं । बिहान ओछयानबाट उठ्ने वित्तिकै चक्कर लाग्ने समस्या देखिनु भनेको खतरनाक रोगको संकेत भएको चिकित्सकहरुले बताएका छन् ।

बिहान उठ्ने वित्तिकै टाउको दुख्ने, चक्कर लाग्ने जस्ता समस्यालाई मेडिकल भाषामा पोस्टुरल हाइपोटेन्शन भनिन्छ । यसले शरीरमा रक्तचापको मात्रालाई असामान्य तरिकाले घटाउँछ । यस्तो समस्यालाई बेवास्ता गर्नु खतरनाक हुनसक्छ ।

चिकित्सकहरुले यस्तो लक्षण गम्भीर भएको बताएका छन् । यसलाई बेवास्ता गर्दा भारी मूल्य चुकाउनुपर्ने समेत बताएका छन् । यस्तो लक्षणले शरीरमा मुटुरोग, डिप्रेशन, डिमेन्शिया र मृत्यु हुनेसम्मको खतराको संकेत गर्छ ।

पोस्टुरल हाइपोटेन्शन उमेरसँगै बढ्ने गर्छ । ६० वर्षभन्दा बढी उमेरमा पाँच जनामध्ये एक जना यो समस्याको सिकार हुने गर्छन् । यस्तै, ६५ देखि ६९ वर्षसम्मका करिब १५ प्रतिशत मानिसहरु यो समस्याको सिकार हुने गर्छन् । भने, ८५ वर्षभन्दा बढी उमेरका २५ प्रतिशत मानिसहरुमा पोस्टुरल हाइपोटेन्शन हुनसक्छ ।

विशेषज्ञका अनुसार क्लासिक पोस्टुरल हाइपोटेन्शन ओछ्यानबाट उठ्नेवित्तिकै तीन मिनेटसम्म कुनै पनि व्यक्तिमा देखिन सक्छ । भने, डिलेड पोस्टुरल हाइपोटेन्शनमा मानिसहरु तीन मिनेटभन्दा धेरै समयसम्म समस्या हुनसक्छ । यसले गर्दा खानाले समेत बिरामी गराउन सक्छ ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसार अर्तजा गिलानी र उनका सहयोगीले बताए अनुसार PHoT पार्किन्सन, मधुमेह, भिटामिन B12 को कमि, रेनल फेलियर, अटोइम्युन डिसअर्डर र क्यान्सर जस्ता भयंकर बिरामीको संकेत गर्छ । एजेन्सीको सहयोगमा