2026-09-19 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमित ३७ हजार ५९९

भदौ ११, काठमाडौँ (रासस)। आज एकै दिन दुई हजार ६५ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा १३ हजार ११७ जनामा परीक्षण गर्दा दुई हजार ६५ जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमित ३७ हजार ५९९ रहेका छन् । त्यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएका जिल्ला २० रहेका छन् । सो अवधिमा एक हजार ३३७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख आठ हजार २३० निको भई घर फर्किएका हुन् । 

सङ्क्रमणबाट विगत २४ घण्टामा २५ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ६६३ को सङ्क्रमणबाट निधन भएको छ । नेपालमा प्रतिदश लाखमा ३५९.४ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ । 

यस्तै ६२२ सघन उपचार कक्ष (आइसियु), १७१ भेन्टिलेटर, ३४ हजार ६७३ होम आइसोलेसन, दुई हजार ९२३ संस्थागत आइसोलेसन र ३३७ सङ्क्रमित क्वारेन्टिनमा छन् । एकैदिन आज एक लाख ७९ हजार ८६५ ले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५० लाख ६३ हजार ५२२ ले पहिलो मात्राको खोप र ४० लाख ५२ हजार ७६५ जनाले पूर्णमात्राको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई