२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप १ हजार २७१ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित ?

२०७८, २४ भाद्र बिहीबार ११:२३

भदौ २४, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षणमा १०५८ र ३०४६ एन्टिजेन परीक्षणमा २१३ जना गरी १२७१ जनामा संक्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १८४५ रहेको छ भने कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७४ हजार ५८७ पुगेको छ । तीमध्ये १० हजार ९०३ जनाको मृत्यु भएको छ भने ७ लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ जना रहेका छन् । जसमध्ये २६ हजार ८८६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५८ जना आईसीयू र १३९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ३२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०५ जनामा कोरोना संक्रमण देखिउको मन्त्रालयले जनाएको छ ।


स्वास्थ्य  मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मोरङमा ७७, झापामा ७६, सुनसरीमा ७५, ललितपुरमा ६७, कास्कीमा ५२ जनामा कोरोना संक्रमण देखिएको छ भने चितवनमा ४०, भक्तपुरमा ३७, रुपन्देहीमा ३०, कैलालीमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मकवानपुरमा १६, सिरहा र गोरखामा १३/१३ जना, सुर्खेतमा १२, नवलपरासी पुर्वमा ११ र बागलुङ र बाँकेमा १०/१० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक