पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>कमल बिक्रम जिसी , काठमाडौं।</b> काठमाडौं उपत्यकामा तीन जनामा डेङ्गुको संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार असारयता भक्तपुरका तीन जनामा डेङ्गु पुष्टि भएको हो।</p><p>महाशाखाको तथ्यांकमा असार, साउन र भदौमा देशभर जम्मा १४९ जनामा डेङ्गु पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै प्रदेश १ को संखुवासभामा सबैभन्दा धेरै ४७ जना डेंगु संक्रमित देखिएका छन्।</p><p>गत आर्थिक वर्षमा ९२०७७/७८० भक्तपुरमा डेङ्गुका बिरामी भेटिएका थिएनन् भने काठमाडौं र ललितपुरका सात जनामा संक्रमण पुष्टि भएको थियो । </p>

