2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा कोरोनाको संक्रमण कायमै : यस्ता गतिविधि गर्न रोक

असोज १५ , काठमाडौं। काठमाडौंमा कोभिडको संक्रमण कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अनावश्यक रूपमा भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सव र भोज आयोजना गर्न रोक लगाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा बिहीवार राति १२ बजेदेखि लागू हुनेगरी सभा, जुलुस, जात्रा, महोत्सव तथा भोज गर्न नपाइने उल्लेख छ। जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नहुँदासम्म लागू हुनेगरी यो आदेश जारी गरेको हो।

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै अनिवार्य मास्क प्रयोग गर्न, दूरी कायम गर्न तथा घरभित्रै रहेर न्यूनतम सहभागितामा चाडपर्व मनाउन पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ।

यसैगरी काठमाडौं उपत्यकामा मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारीसाधनमा चढ्न रोक लगाउने निर्णय गरिएको छ। प्रशासनले सार्वजनिक सवारीसाधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न समेत यातायात व्यवसायीलाई निर्देशन दिएको छ। कोभिड–१९ संक्रमणको जोखिमका कारण सार्वजनिक सवारीसाधन अनिवार्य रूपमा दैनिक सेनिटाइज गर्नुपर्ने निर्णय गरिएको उल्लेख छ।साथै सार्वजनिक यातायातका साधनमा निर्धारित सीट संख्या भन्दा बढी यात्रु नचढाउन पनि प्रशासनले आग्रह गरेको छ। यसैगरी होटल, रेष्टुराँ र सिनेमा हलमा सामाजिक दूरी कामय गर्न आदेश जारी गरिएको छ। उक्त आदेश पालना नगरेको पाइए कानून बमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ। यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई