2026-09-18 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा सिजनल भाइरलका बिरामी बढे, अत्यावश्यक औषधि अभाव

असोज १६ , रसुवा, न्युज कारखाना । कोभिड १९ संक्रमण नियन्त्रणउन्मुख भए पनि रसुवामा सिजनल भाइरलका बिरामी बढेका छन् । जिल्लाका नवजात शिशुदेखि वृद्धवृद्धासम्म सिजनल फ्लु भाइरल देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । उनीहरुमा एन्टिजेनमार्फत गरिएको कोरोना परीक्षणमा भने नेगेटिभ पाइएको छ । जिल्लाको जिबजिबे ग्रामिण अस्पताल, रसुवा अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा सिजनल फ्लु भाइरलका बिरामीहरु बढेका छन् । 

कडा खालको ज्वरो आउने, कडा खालको खोकी लाग्ने, निमोनिया देखिने, श्वास फेर्न गाह्रो हुने, घाटी दुख्ने, बान्ता हुनेलगायत समस्या देखिएका विरामीहरु आउने गरेको जिल्लाका स्वास्थ्य संस्थाहरुले बताएका छन् । यस्ता समस्या लिएर अस्पताल आउनेमा अधिकांश बालबालिका रहेको बताइएको छ । रसुवा अस्पतालका डाक्टर कौशिक सापकोटाकाअनुसार १७ दिनको नवजात शिशुसमेत श्वास फेर्न गाह्रो हुने, खोकी लाग्नेलगायतको समस्याले अस्पताल भर्ना भएका छन् । तीन दिनदेखि अक्सिजन दिई विरामीको उपचार भइरहेको उनले बताए । अहिले २ वर्षसम्मका बालबालिका ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रस्वासमा समस्या देखिएको भन्दै अस्पतालमा आइरहेका छन् । 

जिबजिबे ग्रामिण अस्पतालमा पनि कडा खालको ज्वरो तथा खोकी, निमोनियालगायतको समस्याका बिरामी आउने क्रम बढेको अस्पतालका हेल्थ असिस्टेन्ट उत्सव पौडेलले बताए । एक सय ४ डिग्रीदेखि एक सय ६ डिग्रीसम्म ज्वरोका बिरामीहरु आइरहेको उनले बताए । जसमा बालबालिका धेरै छन् । यस्ता समस्या देखिएका बालबालिकामात्रै दैनिक १५ जनाभन्दा बढी अस्पतालमा आइरहेको उनले बताए । अन्य व्यक्तिहरु भने दैनिक १० जनाभन्दा बढी आइरहेका छन् । ‘अहिले कडा खालको ज्वरो, खोकीलगायतको समस्या देखिएका बिरामी बढेका छन्, त्यसमा पनि धेरैजसो बालबालिकामा समस्या देखिएको छ,’ उनले भने, ‘अहिलेसम्म रिफर गर्नुपर्न अवस्था आएको छैन, तर केसहरु धेरै आएको छ, भाइरल सिजनल फ्लुको केसहरु धेरै देखिएको छ ।’  

स्वास्थ्य समस्या देखिएका उनीहरुमा कोरोना परीक्षणको क्रममा भने नेगेटिभ आएको उनले बताए । ‘धेरै समस्या भएर आएका बच्चाहरुमा कोरोना भए/नभएको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । तर नेगेटिभ आएको छ । समस्या देखिएकाहरुमा एक सातासम्म लगातार कडा ज्वरो, खोकीलगायतको समस्या देखिएको छ, समस्या लिएर अस्पताल आएकाहरुलाई औषधि दिएर पठाउने गरेका छौं, निरन्तर समन्वय पनि गरिरहनुभएको हुन्छ,’ उनले भने । 

सिजलन फ्लु भाइरलका बिरामीको अवस्था जटिल भए जिल्लामा उपकरण नहुँदा उपचारमा समस्या हुने रसुवा अस्पतालका डाक्टर सापकोटाले बताए । ‘सिजलन फ्लु भाइरसका लक्षण देखिएका बालबालिकामा धेरै गाह्रो भएको अवस्थामा रिफर गर्नुपर्ने हुन्छ, किनभने बालबालिकाको केस सेन्सेटिभ हुन्छ, धेरै गाह्रो भएको बच्चाहरु आउँदा जिल्लामा आईसीयू छैन, सिटीस्क्यान छैन । यस्तो बच्चाहरु रेफर गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘कहिलेकाही कन्सल्डटेन्ड नहुँदा नुवाकोट तथा अन्य स्थानमा रिफर गर्नुपर्ने हुन्छ, कन्सरटेन्ट नहुँदा कतिपय हामीले यहीँ गर्न सकिन्छ भन्दा भन्दै पनि गर्न सकिरहेको छैनौ ।’   

अहिले जिल्लामा श्वासप्रश्वासको विरामी आए श्वासप्रश्वासको नली खुलाउन प्रयोग हुने औषधिको अभाव रहेको डाक्टर सापकोटाले बताए । 

जिल्लामा आईसीयू, भेन्टिलेटरलगायतका अत्यावश्यक उपकरणको सुविधा नहुँदा जटिल प्रकृतिका विरामीको उपचारका लागि जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई