Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

थप ६७९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ७ सङ्क्रमितको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज १७ , काठमाडौँ ।&nbsp;</b> पछिल्लो २४ घण्टामा ६ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९२० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।<br></p><p>मन्त्रालयका अनुसार ७ हजार ७० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ७४ जना र ३ हजार ८५० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।</p><p>कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ४०५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ७ लाख ६९ हजार २२४ पुगेको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप ७ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार १६४ पुगेको छ ।</p>