2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोपको पूर्ण मात्रा लगाएकाहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता बढी

असोज २३, काठमाडौँ | नेपालमा खोपको प्रभावकारितासम्बन्धी गरिएको एक अध्ययनले खोप लगाएकाहरूमा कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तथ्याङ्क सार्वजनिक गरेको छ।

प्रतिवेदनअनुसार दुवै डोज खोप लगाएकाहरूमा यान्टिबडी ८२ प्रतिशत छ भने पहिलो डोज लगाएकाहरूमा ५५ प्रतिशतमा यान्टिबडी पाइएको छ। गत जेठ १७ देखि असार २५ को अवधिभित्र रगतको नमुना सङ्कलन गरी शरीरमा यान्टिबडीको स्तर हेर्ने उद्देश्यले अनुसन्धान गरिएको थियो।

अध्ययनमा १७ सय ९६ जनालाई सहभागीको नमुना सङ्कलन गरिएको थियो। अध्ययनले खोप नलगाएका ४३र९ प्रतिशतमा यान्टिबडी बनेको र खोप लगाएका ६५ प्रतिशतमा यान्टिबडी बनेको औँल्याएको छ। खोप लिएको दोस्रो महिनासम्ममा यान्टिबडीको तह ८२र३३ प्रतिशत रहेको पाइएको छ भने चौथो महिनामा यान्टिबडीको मात्रा घट्दै गएर ४३ प्रतिशतमा पुगेको छ।

त्यसै गरी अध्ययनले एक वा बढी दीर्घ रोग भएकाहरूमा पनि यान्टिबडीको मात्रा फरक रहेको औँल्याएको छ। एक मात्र दीर्घ रोग भएकाहरूमा ७८ प्रतिशत, दुई वटा दीर्घ रोग भएकाहरूमा ७१र६९ प्रतिशत र तीनभन्दा बढी दीर्घ रोग भएकाहरूमा ४२ प्रतिशत पाइएको थियो।

खोप नलिएका र कोरोना पहिचान नभएका ४६ प्रतिशतमा यान्टिबडी बनेको पाइएकाले नेपालमा कोरोना सङ्क्रमण समुदाय स्तरमै फैलिसकेको अध्ययनको निष्कर्ष छ। नेपालमा प्रयोग भएका दुई मुख्य खोपहरू भेरोसेल र कोभिसिल्डमा यान्टिबडीको मात्रा ६३र७ प्रतिशत थियो भने भेरोसेल लिएकाहरूमा ७२र४ प्रतिशत थियो।

भेरोसेल खोप लिने बित्तिकै र कोभिसिल्ड खोप लिएको दुई महिना बितिसकेपछि यान्टिबडीको मात्रा हेरिएकाले कोभिसिल्ड लिनेहरूमा मात्रा घट्दै गएको पाइएको होे। दुवै खोप एउटै अवधिमा दिएको खण्डमा यान्टिबडी दुवैमा करिब उस्तै तहको प्रभावकारिता देखिने अध्ययनको सुझाव छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई